जीप दूर्घटनाकी घाईते पार्वतीको हेलिकप्टरबाट उद्दार

खबरशाला संवाददाता  |  कार्तिक २२, २०७८

तुलसीपुर । सोमबार भएकाे जिप दुर्घटना परी गम्भिर घाईते भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरिएकाे छ । दुर्घटनामा परी गम्भिर घाईते भएकी दंगीशरण गाउँपालिका वडा नम्वर २ बस्ने ३० बर्षिया पावती वलीलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । हेलिकप्टर सल्यानरोड स्थित दुरसंचार कार्यालय पछाडी रहेको खाली जमिनमा ल्याण्ड गरेको हो ।

सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो । अन्य १८ जना घाईतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस