तुलसीपुरको ४ वर्षे समिक्षा, बोलेका कुरा पुरा गरेका छौ : नगरप्रमुख पाण्डे

खबरशाला संवाददाता  |  श्रावण १५, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि आएको ४ वर्षको समिक्षा गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले जनताको अपेक्षा अनुसार काम गरेको बताउँदै थप नयाँ कामहरु यसै वर्ष पुरा हुने प्रतिवद्धता समेत जनाए ।

“मुलुककै नमुना उपमहानगरपालिकाका रुपमा स्थापित गर्ने हाम्रो प्रयास सार्थक भएको छ ” नगरप्रमुख पाण्डे । स्थानीय सरकारकै पहलमा विकास प्राधिकरण निर्माण, अस्पताल र कलेज स्थापना लगायतका महत्वपूर्ण काम भएको पनि उनले वताए ।


“हामीले जनतलाई संघीयताको पूर्ण महसुस हुने गरी काम गरेका छौ” नगरप्रमुख पाण्डेले भने । जनतहबाट पनि राम्रा नीति र कार्यक्रम वन्न सक्छ र त्यो सबका लागि सिकाइ हुन सक्छ भन्ने उदाहरण तुलसीपुरले दिएको उनले वताए । स्रोतलाई पारदर्शी र प्रभावकारी ढँगले सञ्चालन गर्नमा प्रतिवद्ध रहेको समेत उनको भनाई थियो ।


जनअपेक्षा अनुरुप नै काम गरेको बताउँदै नगरप्रमुख पाण्डेल नीतिगत तहमा पनि महत्वपूर्ण काम भएको वताए । कार्यक्रममा बोल्दै नेकपाका नेता कृष्ण भुषालले निर्वाचनका केयौ मुद्दाहरु अझै बाँकी रहेको वताए । अर्का नेता विनोद शर्माले तुलसीपुरका कामले देशैको ध्यान तानेको कुरामा जोड दिए । नेपाली काँग्रेसका नेता जगत खड्काले प्रचारसँग काममा पनि ध्यान दिन सुझाए ।


कार्यक्रममा नेकपा माओवादीका शेषुराम भण्डारी जसपाका जीवन भण्डारी, जनमोर्चाका शुक्रराज भण्डारी, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, महिला अधिकारकर्मी सुष्मा गिरी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य लगायतले धारणा राखेका थिए ।


उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले स्वागत गरेका थिए भने सञ्चालन नगर प्रवक्ता सुर्यबहादुर डाँगीले गरेका थिए ।
सो अवसरमा उपमहानगरपालिकाले चारवर्षसम्म गरेका महत्वपूर्ण कामहरुलाई समेटेको समृद्ध तुलसीपुर पुस्तक पनि लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस