प्रदेश मन्त्रालयमा मेयर पाण्डेको दौडधुप

खबरशाला संवाददाता  |  जेठ २४, २०७८


तुलसीपुर । जनप्रतिनिधिका रुपमा निर्वाचित भएको अन्तिम वर्षमा केही नमुना परियोजनालाई मुर्तता दिनका लागि नगरप्रमुख घनश्याम पाण्डेको दौडधुप सुरु भएको छ । नगर प्रमुखका रुपमा उनले विभिन्न नमुना परियोजना सुरु गरेको थिए ।

सबै परियोजनालाई यो वर्ष पुरा गर्ने गरी वजेट विनियोजनका लागि उनी मुख्यमन्त्री लगायत प्रदेशका विभिन्न मन्त्रालयमा दौडधुप सुरु गरेका छन् । स्थानीय तहको बजेटले ठूलाखालका परियोजना निर्माणमा कठिनाई हुने भन्दै उनले प्रदेश सरकारलाई सहयोगका लागि अनुरोध गरेका छन् ।


उनले बुटवलमा मुख्यमन्त्री शंकर पोख्रेलदेखि ग्रामिण तथा शहरी विकास मन्त्री हरी प्रसाद रिजाल,उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेय लगायतलाई विभिन्न योजनाका लागि माग पेश गरेका थिए ।


प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि यसै वर्ष संघीय सरकारले ९ करोड विनियोजन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस