अर्काे पार्टी खाेल्ने तयारीमा छाै :माधव नेपाल

खबरशाला संवाददाता  |  जेठ ०, २०७८

तुलसीपुर । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी खाेल्ने तयारी गरिरहेकाे खुलासा गरेका छन् । सञ्चारमाध्यमसँगकाे कुराकानीमा नेपालले भने -केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा अोलीकाे लगातार प्रहारले विश्वासकाे वातावरण बन्न नसकेकेा समेत उनले गुनासाे गरे ।

प्रधानमन्त्रीले संसद विघटन गरेर कार्यदलकाे सान्दर्भिकता पनि सिद्धाएकाे उनकाे आराेप छ ।

‘त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो । यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन ? सोध्दै नसोधी संसद् विघटन गर्ने ? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ?’ नेता नेपालले भने ।

प्रतिक्रिया दिनुहोस