पुन : सरकार गठनकाे प्रक्रिया अगाडी बढाउन राष्ट्रपतिकाे आव्ह्वान

खबरशाला संवाददाता  |  जेठ ०६, २०७८

तुलसीपुरर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै दलहरूलाई शुक्रबार साँझ ५ बजेसम्म बहुमत पुग्ने आधार प्रस्तुत गर्दै प्रधानमन्त्रीमा दाबी गर्नआह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अन्यौलमा राख्न जायज नहुने भन्दै धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेपछि त्यस प्रक्रिया अघि बढेको राष्ट्रपतिल कार्यालयले जनाएको छ ।

३० वैशाखमा प्रधानमन्त्री पदमा नियुक्त भएका ओलीले धारा ७६ को ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्‍वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । राजनीतिक घटनाक्रमले धारा ७६ को ३ बमोजिमको सरकारलाई विश्‍वासको मत प्राप्त हुने आधार नदेखिएपछि ओलीले धारा ७६ को ५ अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस