तुलसीपुर आईसाेलेसन अस्पताललाई माेबाईल व्यवसायीकाे सहयाेग

खबरशाला संवाददाता  |  जेठ ०६, २०७८

तुलसीपुर, ६ जेठ । तुलसीपुर मोबाईल्स तथा ईलेक्ट्रोनिक्सले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ । अस्पतालमा संचालित कोरोना आइसोलेसनलाई व्यवस्थापनमा सहयोग पु¥याउन एक थान स्टिल दराज, पंखा १२ थान सहयोग गरेको छ ।

त्यसैगरी विजय स्टिल फर्निचर उधोगबाट स्टिल दराज १ थान र सुरज भण्डारी बाट भित्ते घडि २ थान सहयोग प्राप्त भएको तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्मराज वलीले जानकारी दिए।

दाताहरुले अस्पताल रहेको ठाउँ तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा पुगेर नगर प्रमुख घनश्याम पाण्डेलाई सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख पाण्डेले देश, विदेश तथा उपमहानगरमा बस्ने विभिन्न व्यक्ति र संघसंस्थाले मन फुकाएर सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस