एकातिर महामारी अर्कोतिर भिड, संक्रमित पनि हिड्छन् बजारमा

खबरशाला संवाददाता  |  जेठ ०५, २०७८


तुलसीपुर । कोरोना संक्रमित र मृत्यु हुनेका संख्या उकालो लागेसँगै सरकारले लकडाउनका घोषणा गर्यो । दाङ्गमा दुई साता लकडाउन गरेपछि पछिल्लो पटक पुनः १५ दिन लकडाउन थपिएको छ ।

कोरोनामा नयाँ नयाँ भेरियन्ट पत्ता लागेसँगै यो थप जोखिमपूर्ण वन्दै गइरहेको छ । तर विडम्वना वुधबार तुलसीपुरको विहानको भिड हेर्ने हो भने लकडाउन सकिएको आभाष गर्न सकिन्छ ।


“वजारमा भिड बाक्लिदो छ , फेरी ठूलै तयारी गर्नुपर्ने देखिन्छ । ” तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले भने । उनले आवश्यक सामान किनमेल गर्नका लागि सामाजिक दुरी पालना गर्न आवश्यक रहेको पनि वताए ।


कोरोना संक्रमितको संख्या उकालो लागेसँगै अहिले वेड र अक्सिजनको चरम अभाव देखिन्छ । भिड बाक्लिदै गएमा यसले थप संक्रमणको दर बढाउन सक्ने पनि केसीले भने । उनले संक्रमितहरु पनि वजारमा डुल्ने गरेको वताए ।

प्रतिक्रिया दिनुहोस