सामुदायिक वन महासंघले दियो १० वटा अक्सिजन कन्स्ट्रेटर

खबरशाला संवाददाता  |  जेठ ०५, २०७८


तुलसीपुर, ५ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेसन नेपालले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । अक्सिजनको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने १० वटा कन्सट्रेटर सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिइन्।


काठमान्डौबाट दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारामा रहेको तुलसीपुर मेट्रो अस्पतालमा पुगेर सामुदायिक वन महासंघले अक्सिजन कन्सटे«टर सहयोग गरेको हो । वन महासंघका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश खड्काले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको समयमा अक्सिजनको अभावमा कुनैपनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले कन्सट्रेटर उपलब्ध गराएको बताउँदै उपाध्यक्ष खड्काले जुन उद्देश्यका लागि दिएको सोही प्रयोजनमा उपयोगमा ल्याउन अस्पताललाई आग्रह गरे।


तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालमा अहिले २१ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।


१० वटा कन्सटे«टरले केहि हदसम्म अक्सिजनको अभावलाई टार्ने बताउँदै नगर प्रमुख पाण्डेले सामुदायिक वन महासंघ र ग्रिन फाउण्डेसनलाई धन्यवाद दिए । कन्सटे«टरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस