तुलसीपुरको आइसोलेसनमा सहयोग जुट्दै

खबरशाला संवाददाता  |  जेठ ०४, २०७८


तुलसीपुर, ३ जेठ । नेपाल रेडक्रस दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ ।


भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत मेट्रो अस्पतालमा संचालनमा आएको आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीका लागि ३ वटा वाटर डिस्पेन्सर, एक हजार लिटरको टंकी, पानी तातो गराउन प्रयोग गरिने ३० वटा किट्ली, ५ वटा टेबुल पंखा, ५० वटा गिलास दिएको रेडक्रसले जानकारी दिएको छ ।


रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले एक कार्यक्रमका बिच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेलेलाई हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि यूनिसेफको साझेदारीमा रेडक्रसले विभिन्न सामग्री सहयोग गरेको थियो ।

दलित महिला संघद्धारा एक लाख सहयोग
दलित महिला संघ दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । आइसोलेसन व्यवस्थापन र अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले जानकारी दिए ।


कोरोना महामारीका कारण अक्सिजन अभावमा नागरिकले अकालमा ज्याउन गुमाउनु परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष कराराले बताए ।


यसैबिच कोरोना महामारी रोकथाम तथा नियन्त्रणकालागि तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा पुगेर तुलसीपुर उपमहानगरपालिका–६ शिखरकोलनी निबासी दोर्ण बहादुर केसी, मञ्जीता केसीले पाँच हजार पाँच रुपैयाँ सहयोग गरेकी हुन् ।


यसैगरी नेपाल टेलिकम तुलसीपुरका कर्मचारी लक्ष्मी नारायण अर्जेलले पनि तुलसीपुर कोरोना अस्पताललाई ५ हजार सहयोग गरे ।

प्रतिक्रिया दिनुहोस