अक्सिजन प्लान्टका लागि तुलसीपुर उधाेग वाणिज्य संघकाे ४ लाख सहयाेग

खबरशाला संवाददाता  |  जेठ ०२, २०७८

तुलसीपुर । तुलसीपुर उधोग बाणिज्य सघंको अगुवाईमा तुलसीपुरमा उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो हस्पिटलको ब्यबस्थापनका लागि झण्डै ४ लाख सहयोग गरेको छ । 

बाणिज्य सघंको अगुवाईमा आईतबार ४ लाख  नगद रुपैया उपमहानगरपालिकालाई हस्तान्त्रण गरेको छ । बाणिज्य सघंका महासचिब बिनिल केसिले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई नगद हस्तान्त्रण गरेका हुन् ।

कोभिड बिपद कोषको सहजकर्ता बिमल रिजालको पहलमा सो रकम सकंलन गरिएको हो । तुलसीपुर उधोग बाणिज्य सघंले १ लाख ५१ हजार,रोटरि क्लब अफ तुलसीपुर सिटिले ६२३००, रोट्रयाक्ट क्लब अफ तुलसीपुरले ६५३६०, लायन्स क्लब अफ दागको तर्फबाट ५१०००, तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार सहयोग प्राप्त भएको तुलसीपुर उधोग बाणिज्य सघंका कोषाध्यक्ष देबबहादुर केसीले जानकारी दिए ।

साे अवसरमा उपाध्यक्ष ललित जगं शाह, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका पुर्ब अध्यक्ष सचिन पौडेल ,लायन्स क्लब दागका सह सचिब भोजराज न्यौपाने,लगायतको उपस्थिति रहेको थियो ।

यस्तै उपाध्यक्ष ललित जगं शाहले थप ११ हजार रुपैया बिपद कोषमा सहयोग गरेका छन्।आईतबार मात्रै ४ लाख सहयोग गरेको छौ थप सहयोग उठनेक्रम पनि जारि छ तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले भने ।

साथै अध्यक्ष चालिसेले आम उधोगी ब्यबसायिहरुमा बिपदको घडिमा सबैले सहयोग गर्नुपर्ने भन्दै सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस