काेराेनाबाट कलाकार सन्दीप भुषालकाे निधन

खबरशाला संवाददाता  |  बैशाख २, २०७८

तुलसीपुर । दङ्गाली कलाकार सन्दिप भुषालको मृत्युु भएको छ । कोरोना संक्रमित भुषालको उपचारका क्रममा मंगलवार काठमाडौमा मृत्यु भएको हो । हास्य कलाकारिता क्षेत्रमा काम गरेका भुषालले जिरे खुर्सानी लगायतका हास्य सिरियलमा समेत काम गरेका थिए ।

पछिल्लो समय व्यवसायमा लागेका भुषाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तिखौवामा वस्ने गर्दथे । छातिमा संक्रमण देखिएपछि उनलाई दुईसाता अगाडी काठमाडौ लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस