तुलसीपुरमा सुरु भयो ५० बेडको आइसोलेसन अस्पताल

खबरशाला संवाददाता  |  बैशाख २८, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका संक्रमितलाई लक्षित गरेर ५० वेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ । साेमबार रातीबाट अस्पताल सञ्चालनमा आएकाे हाे । तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि वनाइएको भवनमा यस्तो आइसोलेसन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

‘केही निर्माणको काम बाँकी थियो त्यसलाई २४ सै घण्टा काम गरेर सम्पन्न गरेपछी अस्पताल सञ्चालनमा आएको हो ’ नगरप्रमुख पाण्डेले भने ।
बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालले विरामीको चाप थेग्न नसकेपछी गम्भिर प्रकृतिका संक्रमित पनि घरमै उपचार गर्न वाध्य थिए ।

आइसोलेसन अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताले निकै खुसी व्यक्त गरेका छन् । सामाजिक अभियन्ता एवम् तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जनताप्रति उत्तरदायि काम गरेकोमा खुसी व्यक्त गरे । ‘अब बेडको अभावमा जनताले घरमै ज्यान गुमाउनुपर्ने अवस्था रहेन’ रिजालले भने ।


अक्सिजन सहित २५ वेडको आइसोलेसन अस्पताल वनाउने तुलसीपुर यहाँको पहिलो स्थानीय तह हो ।

नगरप्रमुख पाण्डेले अस्पताल सञ्चालनमा सहयाेग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

अस्पतालमा डा महेश कुमार खनाल, डा. देवराज केशी, डा. शिव सुवेदी , डा. मदन विसी, डा. गोकर्ण दहाल लगाएतको टोलि रहेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा  फाेकल पर्सन  बिमल केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस