काेभिडका बिरामीलाई अटो एम्बुलेन्स सेवा
![](http://khabarshala.com/wp-content/uploads/2021/05/182700223_1884927605004609_7488572553999911470_n-1024x461.jpg)
तुलसीपुर । कोभिडका विरामीहरुलाई अस्पताल जानका लागि कठिनाई भएको भन्दै यहाँका स्थानीय युवाहरुले एम्बुलेन्सका रुपमा अटो रिक्सा सञ्चालन गरेका छन् । स्थानीय युवा मोहन सुनारको सहयोगमा उनीहरुले पहिलो चरणमा ९ वटा एम्बुलेन्सहरु यस्तो सेवाका लागि प्रयोग गरिरहेका छन् ।
अस्पताल जान आवश्यक भएको तर केही पनि साधन नपाएको विरामीले शुल्क नै नतिरेर यस्तो सेवा लिइरहेका छन् । नगरप्रमुख घनश्याम पाण्डेले अभियानकाे सुरुवात गर्दै सबै मिलेर मात्र काेराेनासँग लड्न सकिने वताए । अटाे रिक्सा सेवा लिनका लागि सयाेजक दिपकल कुमाललाई ९८५७८२५८६३ मा सम्पर्क गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस