श्रमिक दिवसमा नगर प्रमुख पाण्डेकाे सन्देश, समान कामको समान ज्याला

खबरशाला संवाददाता  |  बैशाख १८, २०७८


तुलसीपुर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना सन्देश जारी गरेका छन् ।

श्रमिकको अधिकार स्थापनाका लागि सबै कटिवद्ध हुनुपर्ने वताउँदै हरेक देशको समृद्धिका लागि श्रमिकहरुको महत्वपूर्ण भुमिका हुने कुरामा उनले जोड दिएका छन् । ‘अहिले पनि श्रमिकहरुले उचित ज्याला पाउन नसकेको अवस्था छ , यसलाई स्थानीय सरकारको नेतृत्वका हिसाबले हामीले पहलकदमी लिइरहेका छौ’ शुभकामना सन्देशमा उल्लेख छ ।


विश्वव्यापी मापदण्ड अनुसार हरेक श्रमिकले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आरामको व्यवस्था सबैले गर्नुपर्ने समेत उनले सन्देशमा उल्लेख गरेका छन् ।

कोभिडका कारणले रोजगार गुमाएका श्रमिकहरुलाई स्वरोजगार वनाउनका लािग तुलसीपुर उपमहानगरपालिकाले विभिन्न सीपमुलक तालिमका साथै व्यवसाय सञ्चालनमा सहयोग समेत गरेको पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस