शिक्षासेवी सुरेन्द्र जिसीको स्वास्थ्यमा सुधार

खबरशाला संवाददाता  |  बैशाख १७, २०७८


तुलसीपुर । शिक्षासेवी एवम् ज्ञानज्योति एजुकेशन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

कोरोना संक्रमणका क्रममा छातिमा समस्या देखिएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट उपचारका लागि हेलिकोप्टरबाट काठमाडौ लगिएको थियो ।

उनको काठमाडौमा रहेको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । जिसीले शुक्रवार विहान झोलिलो खानेकुरा खाएको र केहीबेर कुरा समेत गरेको अस्पतालमा रहेका उनका भाइ विरेन्द्र जिसीले जानकारी दिए ।

चिकित्सकले अहिले उनी पूर्णत खतरामुक्त रहेको बताएकाे पनि विरेन्द्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस