तुलसीपुरमै सुरुभयो निशुल्क कोरोना परिक्षण

खबरशाला संवाददाता  |  बैशाख १६, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आजबाट निशुल्क रुपमा तुलसीपुरमा कोरोना परिक्षण सुरु गरेको छ । राप्ती प्रादेशिक अस्पतालमा बिहिवार विहानदेखि यस्तो परिक्षण सुरु गरिएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

उनले एन्टिजेन विधिबाट कोरोना परिक्षण गरेर तत्काल नतिजा समेत दिइने केसीले जानकारी दिए । उनका अनुसार हरेक दिन विहान ७ देखि ९ वजेसम्म कोरोना परिक्षण गरिनेछ ।

यसभन्दा अगाडी कोरोना परिक्षणका लागि घोराहीसम्म जानुपर्ने वाध्यता रहेको थियो । कोभिड फोकल पर्सन केसीका अनुसार लक्षण देखिएका विरामीको मात्रै कोरोना परिक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस