राजधानीसहित देशका मुख्य शहरमा निषेधाज्ञा शुरु

खबरशाला संवाददाता  |  बैशाख १६, २०७८

तुलसीपुर । काठमाडौं उपत्यकालगायत देशका केही प्रमुख शहरमा आजदेखि निषेधाज्ञा लागू भएको छ ।निषेधाज्ञा हाललाई बैशाखभर लागू हुनेछ ।

काठमाण्डौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा एक हप्ताको लागि जारी गरे पनि सरकारले अर्को एक हप्ता थपेर १५ दिन लम्ब्याएको हो ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बताइएको छ । एम्बुलेन्स,शव वाहन,प्रेसको गाडी लगायतका अत्यावश्यक सवारी साधनहरू गुड्न पाए पनि सार्वजनिक तथा निजी यातायात भने ग्यारेजमा थन्किने छन् ।

कोरोना महामारीको दोस्रो लहरबाट बच्न गरिएको निषेधाज्ञामा यसअघिका अत्यावश्यक बाहेकका दैनिकीमा सहभागी नहुन सरकारले आग्रह गरेको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन,बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पनि निर्वाध चल्ने छन् ।

काठमाडौंलगायत चितवन, कास्की, बुटवल, पर्सा, बाँकेलगायतका शहरमा निशेषाज्ञा लागू भएको छ । अन्य जिल्ला तथा शहरमा समेत स्थानीय प्रशासनले संक्रमण रोकथामको निम्ति विभिन्न खालका बन्देजको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस