तुलसीपुरका एक व्यक्तिमा मृत्युपछी कोरोना पुष्टि

खबरशाला संवाददाता  |  बैशाख १४, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ वसपार्कका एक व्यक्तिमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । विगत केही दिनदेखि ज्वरो आएका उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछी उपचारका लागि गत राती राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

उपचारका क्रममा उनको अस्पतालमै राती १२ बजे मृत्यु भएको परिवार स्रोतले बतायो । सोमबार नै उनको कोरोना परिक्षण गरिएको र आज रिपोर्ट पोजेटिभ आएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । मृतक २८ वर्षमा थिए ।

प्रतिक्रिया दिनुहोस