बेलझुण्डी काेराेना अस्पताल भरियाे

खबरशाला संवाददाता  |  बैशाख ०४, २०७८

तुलसीपुर । एकसाता अगाडीसम्म खाली रहेकाे बेलझुण्डी काेराेना अस्पताल फुल भएकाे छ । अस्पतालमा २५ जनाकाे लागि वेड रहेकाेमा हाल २६ जना संक्रमित भर्ना भएकाे अस्पतालले जानकारी दिएकाे छ ।

अस्पतालमा भर्ना भएका मध्ये ५ जनाले आईसीयु कक्षमा भर्ना भएका छन् । केही दिन अगाडी तुलसीपुरकै एक महिलाकाे अस्पतालमा ज्यान गएकाे थियाे । अस्पतालमा बिरामी भरिएपछी अहिले हाेटेलमा काेठा लिएर परिवारबाट अलग वस्न चाहने बिरामीलाई राखिएकाे तुलसीपुरका काेभिड फाेकल पर्सन विमल केसीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस