पत्रकार महासंघ दाङमा यी बन्दैछन् उम्मेदवार,अध्यक्षमा केसी र आचार्य भिड्दै

खबरशाला संवाददाता  |  चैत २२, २०७७

तुलसीपुर । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह र प्रेस चौतारी मिडिया मञ्च, क्रान्तिकारी पत्रकारका तर्फबाट दुर्गालाल केसीको नेतृत्वमा पत्रकारहरु चुनावी मैदानमा उत्रिएका हुन् । २१ सदस्यीय कार्य समितिमा ४२ जनाको उमेद्वारी परेको निर्वाचन समिति जनाएको छ ।

प्रेस चौतारी लगायतकाे प्यानलबाट उपाध्यक्षमा ओपेन्द्र बस्नेत र महिला उपाध्यक्षमा रन्जीता शर्मा, सचिवमा गोकर्ण पौडेल, सह सचिव खुलामा दशरथ घिमिरे र महिला सदस्यमा दिप्तिशिखा चौधरी , कोषाध्यक्षमा प्रेम बिबस घर्तीको उम्मेद्वारी दर्ता भएको छ । सदस्यहरुमा मिना बिश्वकर्मा, लक्ष्मण बिश्वकर्मा, नविनकुमार चौधरी, सन्तोषकुमार गुप्ता, शिब घर्ती, ऋषि यादब, एकराज भण्डारी, कमल ओली, विष्णु आर्ट, माधब कँडेल, दिपक जिएम, लक्ष्मण बस्नेत, सुनिलकुमार पोख्रेलको उमेद्वारी परेको छ

संयुक्त गठबन्धनको उपाध्यक्षमा सन्तोष सुबेदी र बसुन्धरा गौतम, सचिबमा आरके सीतल, सहसचिबमा राकेश बस्नेत तथा देवि भण्डारी र कोषाध्यक्ष शरद रेग्मीको उम्मेद्वारी दर्ता भएको छ । उक्त गठबन्धनका सदस्यहरुमा सन्तोष केसी, प्रेम तिवारी, अन्जना चौधरी, यमकला भुसाल, सरीता चौधरी, शिबराज खनाल, दुःखहरण यादब, कुलदिप न्यौपाने, गिरीराज नेपाली, जीवन नेपाली, दिपक बोहरा, उदय बिसी र बिबेक खड्काको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट आभाष बुढाथोकीले सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस