मापदण्ड वनाएर तुलसीपुरले विद्यालय खोल्यो

खबरशाला संवाददाता  |  चैत १८, २०७७


तुलसीपुर । वातावरणीय परिस्थितिका कारण वन्द रहदै आएका तुलसीपुरका विद्यालयहरु बिहिवारबाट खुल्ने भएका छन् । वायुमण्डलमा प्रदुषणको मात्र वढ्दै जाँदा बालबालिकामा असर पर्ने भन्दै नेपाल सरकारले सबै विद्यालयहरु वन्दको घोषणा गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिकाले भने मापदण्ड वनाएर विद्यालय सञ्चालन गर्न थालेको हो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाले वायुको गुणस्तर सूचकका आधारमा हालको अवस्था विशेष समुहका लागि मात्रै संवेदनशिल भएको भन्दै विद्यालय सञ्चालन गर्न लागेको जनाएको छ ।

वातावरण विभागको वायु गुणस्तर सुपरिवेक्षणलाई आधार मानेर तत्कालका लागि धेरै जोखिम नभएको भन्दै विद्यालय सञ्चालनको तयारी गरिएको हो ।

विभागको सूचक अनुसार ० देखि ५० सम्म सुरक्षित , ५१ देखि १०० सन्तोषजनक, १०१ देखि १५० सम्म विशेष समुहका लागि संवेदनशिल, १५१ देखि २०० सम्म सबैका लागि संवेदनशिल र २०१ देखि ५०० सम्म जोखिमपूर्ण मानिन्छ ।

हाल तुलसीपुरको वायु गुणस्तर सूचक १०७ रहेको भन्दै विद्यालय खोल्ने निर्णय गरिएको कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले वताए ।

प्रतिक्रिया दिनुहोस