सीडको ‘अभियान’ परियोजना सुरु

खबरशाला संवाददाता  |  चैत ०८, २०७७


तुलसीपुर । समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको नयाँ परियोजना अभियानको सुरुवात गरिएको छ । मानव अधिकार, सशक्तिकरण, क्षमता अभिवृद्धि र सेवा प्रवाह सम्बन्धि काम गर्दै आएको संस्थाले शान्तिनगर र दंगिशरण गाउँपालिकालाई केन्द्र वनाएर कार्यक्रम सञ्चालन गर्ने गरी परियोजनाका सुरुवात गरेको हो ।


परियोजनाका बारेमा जानकारी दिदै संस्थाका निर्देशक भागिराम चौधरीले बालविवाह, र लैंगिक हिंसा अन्त्यका लागि काम गर्ने वताए । उनले नयाँ परियोजना ३ वर्षका लागि तयार पारिएको समेत जानकारी गराए । ‘विगतमा पनि हामीले परियोजनालाई बालविवाह र लैंगिक हिंसाका साथै शिक्षामा केन्द्रीत गरेका थियौ’ उनले भने ।


कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक माधव चौधरीले परियोजना मार्फत सामाजिक मुद्दामा विभिन्न तहका सरकारलाई जवाफदेही वनाउने वताए । उनले परियोजना मार्फत जनताको घर आँगनमै पुगेर कार्यक्रम सञ्चालन गरिने समेत वताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् दंगिशरण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णवहादुर चौधरीले समाजमा जागरण फैलाउन र निम्नवर्गको जीवन परिवर्तनका लागि संस्थाले महत्वपूर्ण भुमिका वहन गरेको कुरामा जोड दिए ।

कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष धन वहादुर केसी, जुरी संस्थाका विष्णुप्रसाद पोखेल, पत्रकार वसन्त आचार्य लगायतले बोलेका थिए । संस्थाकी अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


सार्थक पहलको विमोचन


यसैबीच संस्थाले पाँच वर्षमा गरेका विभिन्न उदाहरणीय कामहरुलाई समेटेर तयार पारेको सफलताका कथाहरुको पुस्तक सार्थक पहलको विमोचन समेत गरिएको छ । पत्रकार दुर्गाालाल केसी र वसन्त आचार्यले तयार पारेको पुस्तकमा संस्थाको कार्यक्रम मार्फत जीवन परिवर्तन गर्न सफल भएका विभिन्न व्यक्ति र विद्यालयहरुको सफलताका कुराहरुलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस