तुलसीपुरमा विकासको लहर, प्राधिकरणले सुरु गर्याे कालोपत्रे

चैत ०२, २०७७


तुलसीपुर । तुलसीपुर उपहानगरपालिकाभित्र वार्षिक ६० किलोमटर सडक कालोपत्रे गर्ने लक्ष्य सहित तुलसीपुर विकास प्राधिकरणले कालोपत्रे निर्माणको काम सूरु गरेको छ । थोरै रकममा धेरै सडक निर्माण गर्ने लक्ष्य बोकेर नगरप्रमुख घनश्याम पाण्डेले विकास प्राधिकरणको अवधारण ल्याएका थिए ।

स्थानीय सरकार वनिसकेपछि विकास प्राधिकरणमार्फत भौतिक विकासको काम अगाडी वढाउने तुलसीपुर पहिलो स्थानीय सरकार भएको नगरप्रमुख पाण्डेले वताए । उनका अनुसार अहिले वडा नम्बर २,६,८ र ९ नम्बर वडामा एकैपटक कालोपत्रेको काम सुरुवात गरिएको हो ।


सडक कालोपत्रे गर्नका लागि वेसको काम सबै वडाका सकिएकाले यसै आर्थिक वर्षमा ६० किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्ने गरी काम अगाडी वढाइएको प्राधिकरणका निर्देशक पवन योगीले वताए । उनले गर्मी महिनामा मात्रै कालोपत्रे गरिने भएकाले केही ढिला भएको पनि जानकारी दिए ।

उपमहानगरपालिकाले सबै उपकरण र सामग्री व्यवस्था गर्ने गरी कामदारलाई ठेक्कामा दिइएको पनि उनले जानकारी दिए । ‘कामदार र कालोपत्रे गर्दा आवश्यक पर्ने गिट्टी र बालुवा ठेक्कामा दिइएको छ ’ निर्देशक योगीले वताए ।


तुलसीपुर उपमहानगरपालिकाले प्राधिकरण मार्फत १ सय किलोमिटर भन्दा वढि सडक कालोपत्रे गरिसकेको पनि नगरप्रमुख पाण्डेको दावी छ ।


यसैविच प्राधिकरणका पदाधिकारीहरुले निर्माण भइरहेको सडकको निरिक्षण गरेका छन् । मेयर पाण्डे सहित प्राधिकरणका सदस्यहरु विजय विक, नहकुल केसी, मेघराज भुषाल लगायतले सडकको निरिक्षण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस