मेयर पाण्डेको अर्को सफलता : बन्ने भयो ईन्धन डिपो

खबरशाला संवाददाता  |  फागुन २, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचन जिते लगत्तै तुलसीपुर विमानस्थल सञ्चालनको प्रतिवद्धता गरे । उनले गरेको प्रतिवद्धता अनुसार विमान सेवा पनि सञ्चालन भयो । अनि विमान सेवालाई निरन्तरता दिनका लागि इन्धन डिपो स्थापना पनि महत्वपूर्ण थियो ।

उनले ईन्धन डिपो स्थापनालाई फेरी प्राथमिकतामा राखे । ‘धेरैपटक आश्वासन पाएपनि विभिन्न अवरोधका कारण पछाडी सर्दै आएको थियो ’ नगरप्रमुख पाण्डेले भने ।

उनले डिपो स्थापनाका लागि सबै तयारी पुरा हुँदा पनि अन्तिम समयमा रोकिने गरेको वताए । ‘अब सम्झौता भएर काम अगाडी वढेको छ निर्माण प्रक्रिया लगत्तै अगाडी वढ्छ ’ पाण्डेले भने ।


उदाउँदो शहरको रुपमा रहेको रुपमा रहेको तुलसीपुरमा विमानसेवा सञ्चालन हुन सक्दैन भन्ने साँघुरो सोचलाई आफु आएपछि चिरेको पनि उनले वताए ।

नगरप्रमुख पाण्डेले विमानसेवा थपका लागि अन्य कम्पनीसँग पनि कुरा भइरहेको वताए । ‘ईन्धन डिपो सञ्चालनमा आएपछि निजी कम्पनीले पनि सेवा सञ्चालन गर्ने इच्छा देखाएका छन्’ उनले भने ।

नारायणपुर विमानस्थल वनेपछि तुलसीपुरलाई उडान विद्यालयका रुपमा सञ्चालन गरिने तयारी भएको उनले वताए ।


तुलसीपुरको टरिगाउँ बिमानस्थलमा इन्धनडिपो स्थापनाका लागि आयल निगम र बिमानस्थल कार्यालय बिच सम्झौता भएको छ । डिपो स्थापनाका लागि दाङ बिमानस्थल प्रमुख कैलास शर्मा र इन्धन डिपो तुलसीपुरका प्रमुख सुदिप पोखरेलका बिचमा शुक्रवार सम्झौता भएको हो

प्रतिक्रिया दिनुहोस