तुलसीपुरको लोगो सार्वजनिक

खबरशाला संवाददाता  |  फागुन २८, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको लोगो सार्वजनिक गरिएको छ । आठौ नगरसभाको पहिलो बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का प्रेमराज चौधरीले वनाएको लोगोलाई उत्कृष्ट लोगोका रुपमा सार्वजनिक गरिएको हो ।


उपमहानगरपालिकाको सबै पहिचान झल्कने कुराहरुलाई समेटेर लोगो निर्माणका लागि सार्वजनिक सूचना आव्ह्वान गरिएको थियो ।

प्रतिष्पर्धामा १७ वटा लोगो प्राप्त भएको र त्यसको छोटो सुचि तयार पारेर ३ वटा लोगो कार्यपालिकाको बैठकमा पेश गरिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए । कार्यपालिकाको ९८ औ बैठकले अन्तिम लोगो छनोट गरेको थियो ।

उत्कृष्ट लोगो वनाउनलेलाई उपमहानगरपालिकाले २० हजार पुरस्कारको घोषणा समेत गरेको छ । मंसिर १५ गते लोगो निर्माणका लागि सार्वजनिक आव्ह्वान गरिएको थियो ।


लोगो छनोट समितिमा निमित्त प्रशासकीय अधिकृत भाष्करराज गौतम, अशोक थारु, वसन्त आचार्य, बाबुराम न्यौपाने, देवराज विक, कुमार लामिछाने र विष्णु आचार्य रहेका थिए ।
नगरसभाको बैठकमा नगरप्रमुख पाण्डेले आधिकारीक लोगोका रुपमा अव प्रयोगमा ल्याइने वताए । उनले लोगोले तुलसीपुरको पहिचानलाई वलियो वनाउने विश्वास लिएको समेत वताए ।

प्रतिक्रिया दिनुहोस