घोराही पार्टी कार्यालयमा एमालेको बोर्ड टाँसियो

खबरशाला संवाददाता  |  फागुन २४, २०७७


तुलसीपुर । घोराहीमा रहेको नेकपाको पाटी कार्यालयमा ओली पक्षिय नेता कार्यकर्ताहरुले नेकपा एमालेको बोर्ड टाँगेका छन् । सर्वोच्च अदालतले नेकपा दलको वैधानिकता ऋषि कट्टेल नेतृत्वको दललाई दिएपछि नेता कार्यकर्ताहरुले यस्तो व्यानर टाँगेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष हुकुम वस्नेतले नेकपा एमाले नै वैधानिक पाटी भएकाले व्यानर टाँगेको वताएका थिए । उनले बाटो विराएर गएकाहरुलाई फर्कन समेत आग्रह गरे । ‘विगतमा के भयो भन्ने छाडेर अव हामी एकमत भएर जाने हो ’ उनले भने ।

कार्यक्रममा सचिव मनोहर बुढाथोकी लगायतको सहभागिता रहेको थियो । उपस्थित नेता कार्यकर्ताले मै पनि एमाले सही पनि एमाले बोलको गीतमा नाँचजान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस