फेरि बढ्याे पेट्रोलिम पदार्थको मूल्य

फागुन १८, २०७७

तुलसीपुर। नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो । 

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । समायोजित मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । 

यस्तै, डिजेल र मट्टितेलको मूल्य लिटरको ९९ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन भने हवाई इन्धनको मूल्य आन्तरिकतर्फ पाँच रुपैयाँ बढाएको छ ।

यसअघि ४ फागुनमा निगमले डिजेल, पेट्रोल/मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको थियो भने २८ २८ माघमा निगमले पेट्रोल र डिजेल/मट्टितेलमा दुई रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस