नेकपा जोगाउने बलियाे अवसर

फागुन १२, २०७७

सरकारले स्थिरत गुमाउनु भनेको मुलुक संकटैसंकटको बाटोमा अगाडी वढ्नु हो । यो कुरालाई हेक्का राखेर मुलुकसँगै नेकपालाई पनि जोगाउँने यो अन्तिम अवसरकालागि सबैले समिकरणको भुमिका खेल्नु अत्यावश्यक छ ।

नेकपाले पाटीभित्रको आन्तरिक विवादलाई समयमै सही सम्बोधन गर्न नसक्दा मुलुक नै दूर्घटनाको सिकार भयो । पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश विपरित प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरे ।

अदालतले त्यसलाई बदर गरेपछि संवैधानिक संकट त टरेको छ तर मुलुकका सामुमा रहेका तमाम जटिलताहरु अझै जीवित छन् । पाटी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछी लामो समयदेखि नेकपामा देखिएको असमझदारी ठूलो खाडलमा परिणत भएको थियो ।

संगै मिलेर सत्ता चलाएका नेताहरु एकाएक सत्तापक्ष र प्रतिपक्षमा विभाजित समेत भए । नेकपालाई कमजोर वनाउनका लागि अरु दल होईन नेकपा भित्रकै नेता कार्यकर्ता कटिवद्ध भएर लागे ।


यो २ महिनामा नेकपाभित्रका अनेक ताण्डव नृत्यहरु नेपाली राजनीतिले व्यहो¥यो । मुल नेतृत्वले एकअर्कालाई धारेहात लगाउँदै आरोप प्रत्यारोप गरिरहे । सत्ता जोगाउन गरिएको आन्दोलनमा पनि जनता आए, सत्ताबाट हटाउनका लागि गरिएको आन्दोलनमा पनि जनताले उस्तै साथ दिए ।

तर सडक र सर्वोच्च अलग कुरा हो । सडकले वस्तुनिष्ठ भएर निर्णय नगर्न सक्छ सर्वोच्चले सधै वस्तुनिष्ठ भएर नै निर्णय गर्दछ र ग¥यो पनि ।

विगतका तितापिरा कुरा भुलेर नयाँ ढँगले समिकरण गर्दै अगाडी वढ्ने आधार अझै पनि देखिन्छ ।


सर्वोच्चको फैसला आएपछि नेकपा माधव प्रचण्ड समुहका नेता कार्यकर्ताले विजयोत्सव मनाइरहेको देखिन्छ । ओली पक्षका अरु पराजयको अनुहार अनुभुति गरिरहेका छन् । विजयको जतिसुकै अबिर लगाएपनि के उनीहरु मनैदेखि खुसी छन् त ? सवाल गम्भिर छ ।

केपी ओलीको वहिर्गमनले कुनै अमुक व्यक्तिलाई सत्तामा ल्याउने निश्चित छ तर के नेकपाले यसमा जीतको महसुस गर्न सक्छ ? देशमा दुई तिहाईको सरकार सञ्चालनका लागि जनताले गरेको अनुमोदनलाई मझदारमै कुल्चिएको नेकपाको भविष्य उज्यालो हुन सक्छ ?


नेकपाभित्रको विभाजनले हिजो नेता कार्यकर्तामा जुन पीडा थियो त्यो आज पनि उस्तै छ । सर्वोच्चको कदम संवैधानिक संकट रोक्नु भन्दा नेकपाका लागि कुनै ठूलो उपलब्धि सावित हुने देखिदैन । तत्कालिन एमाले र माओवादीले जुन लक्ष्यका साथमा पाटी एकिकरण गरेका थिए त्यसलाई वचाउनका लागि अझै पनि केही समय छ ।

विगतका तितापिरा कुरा भुलेर नयाँ ढँगले समिकरण गर्दै अगाडी वढ्ने आधार अझै पनि देखिन्छ । दुवै कित्ताका जिम्मेवार नेता कार्यकर्ताले सामाजिक सञ्जालमा व्यक्त गरेका केही प्रतिनिधि धारणाले पनि यसलाई मलजल गर्ने देखिन्छ ।


अव मुलुक फेरी पनि सांसदको टाउको गणना गर्ने अंकगणितबाट अगाडी वढ्ने परिदृश्य देखिन्छ । तर यसले मुलुकलाई कतिसम्म अहित गर्दछ भन्ने कुरालाई हामीले विगतबाट वुझिसकेका छौ । अहिले पनि संसदमा नेकपाको बहुमत छ ।

त्यही बहुमतका आधारमा सरकार वनाएर अगाडी वढ्नका लागि दुवै पक्ष तयार हुनु पर्दछ । कुनै एक पक्षको जित या हार भन्दा पनि नेकपाको एकतालाई वलियोसँग अगाडी वढाउनुपर्ने आवश्यकता हो ।


सत्तामा रहदाँ केपी ओलीले गरेको गल्ति माधव प्रचण्ड समुहले गर्नु हुँदैन । बल अहिले उनीहरुको कोर्टमा आएको छ यसलाई कसरी विजयी हुने गरी गोलमा परिणत गर्ने भन्ने जिम्मा पनि उनीहरुको छ । गोल गर्दैमा खेल जितिदैन त्यसका लागि गोल फर्काउन नसक्ने गरी प्रतिपक्षिलाई रोक्नु सक्ने ल्याकत हुनपर्दछ ।

यो उदारता देखाउने साहस उनीहरुले कति गर्ने हुन् हेर्नका लागि बाँकी नै छ । अन्य दलसँग सौदावाजीमा सरकार बनाउनुभन्दा आफ्नै पाटीलाई एउटै ढिक्कामा बाँधेर अगाडी वढ्नु नै अहिलेको वुद्धिमत्तापूर्ण कदम मान्न सकिन्छ ।


विगतका पनि प्रचण्ड, केपी र माधव लगायतका नेताका बीचमा अनेकानेक तिक्तता नभएका होइनन् तर त्यसलाई भुलेर जसरी उनीहरुले समिकरण गरेर स्थिर सरकार वनाउन उद्यत भए त्यसरी नै अहिले पनि उनीहरुले समिकरणलाई मुल मन्त्र मानेर अगाडी वढ्नु नै सबैका लागि उत्तम हुन्छ ।

सरकारले स्थिरत गुमाउनु भनेको मुलुक संकटैसंकटको बाटोमा अगाडी वढ्नु हो । यो कुरालाई हेक्का राखेर मुलुकसँगै नेकपालाई पनि जोगाउँने यो अन्तिम अवसरकालागि सबैले समिकरणको भुमिका खेल्नु अत्यावश्यक छ ।

प्रतिक्रिया दिनुहोस