संक्रमणबाट जोगिन आत्मानुशासनको खाँचो

भदौ १५, २०७७

समग्र मानवजातिका लागि चुनौतिको विषय वनेको कोरोनाको खोप अझै वन्न नसकेका कारण यसको जटिलता थपिदै जाने देखिन्छ । हरेकले आफुलाई अनुशासनमा राख्न सक्यो भने संक्रमण आफै रोकिएर जाने निश्चित छ ।



नेपालमा कोरोना संक्रमण दर बढेसँगै दाङ्गमा पनि उकालो लागिरहेको छ । पछिल्लो समय दाङ्गमा समुदास्तरमा कोरोना संक्रमण फैलिएको छ । क्वारेन्टाइनमा मात्रै सिमित रहेको कोरोना अहिले गाउँघरसम्म पुगेको छ । समुदायस्तरमा नपुगोस् भनेर जुन खालको सजगता अपनाइएको थियो अहिले सबै फेल भएका छन् । अन्ततः समुदायस्तरमै कोरोनाले जरो गाँडेको छ ।

लसीपुरका चिकित्सकमा कोरोना देखिएपछि समुदायस्तरमा थप यसले जटिलता थपेको छ । समुदायको कुन स्तरसम्म कोरोना पुगेको छ भन्नका लागि अझै गहिराइमा गएर स्वाब संकलन गर्नु आवश्यक मानिन्छ । यसका लागि स्थानीय सरकारले विशेष सक्रिय भुमिका निर्वाह गर्नुपर्दछ । कोरोना संक्रमणको अवस्था जसरी जटिल वन्दै गएको छ सो अनुसार आम जनतामा सजगता र अनुशासनको निकै अभाव देखिन्छ ।

कोरोना संक्रमण भयावह वनिसक्दा पनि हाम्रो जीवनशैलीमा खासै परिवर्तन आउन सकेको छैन । हाम्रो बानी व्यवहार उही पुरानै शैलीको रहेको छ । यसले पनि संक्रमणको अवस्था जटिल वनाउनका लागि निकै भुमिका खेलेको छ ।


कोरोना संक्रमति व्यक्तिको संसर्गमा रहेपछि मात्रै सर्ने भएकाले हामीले सजगता अपनाउन सक्यौ भने यसबाट जोगिन सक्ने सम्भावना रहन्छ । अहिलेको अवस्थामा हामीले स्वास्थ्य सुरक्षाको नियम कत्तिको पालना गरेका छौ भन्ने विषय महत्वपूर्ण हो । संक्रमणको अवस्था उकालो लागिरहेको वेलामा पनि वजारमा उस्तै भिडभाड देखिन्छ । मानिसको चहलपहल उस्तै छ ।

न सामाजिक दुरी छ, न स्यानीटाइजर नै छ नत मास्क नै प्रयोग गरिएको छ । यस्तो अवस्थाबाट संक्रमण फैलने सम्भावना निकै हुने गर्दछ । हामीमा आत्मानुशासनको निकै आवश्यकता छ । अवस्था सामान्य रहेमा जे पनि गर्न सकिन्छ , जहाँ पनि जान सकिन्छ तर यस्तो अवस्थामा भने सजगता निकै आवश्यक मानिन्छ । यसमा हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ । आज नमिठो खाए भोलि मिठो खान सकिन्छ तर आज लापरबाही गरे भोलि के हो के हो भन्न सकिन्न ।


अहिलेको अवस्थामा सरकारले घोषणा गरेको लकडाउनको पालना गरेर स्वास्थ्य सुरक्षामा ख्याल गर्नुपर्ने हुन्छ । हामीले केही होइन भनेर वास्ता गरेर झनै संक्रमण फैलन सक्दछ । हरेकले यसमा संयमता अपनाउन ध्यान दिनु आवश्यक छ । समग्र मानवजातिका लागि चुनौतिको विषय वनेको कोरोनाको खोप अझै वन्न नसकेका कारण यसको जटिलता थपिदै जाने देखिन्छ । हरेकले आफुलाई अनुशासनमा राख्न सक्यो भने संक्रमण आफै रोकिएर जाने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस