रवि लामिछानेको ग्यालेक्सी टिभीकाे फाेर के प्रविधि के हाे ?

फागुन १२, २०७७

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले मंगलबार ‘ग्यालेक्सी फोरके’ नामको नयाँ टेलिभिजन सार्वजनिक गरेका छन् । अधिकांश च्यानल एचडी प्रविधिमा समेत अद्यावधिक हुन नसकिरहेको अवस्थामा लामिछानेले च्यानलको नाममै फोरके राखेका छन् ।

साथै उनले आफ्नो नयाँ च्यानल देशकै पहिलो फोरके च्यानल भएको पनि दाबी गरेका छन् ।  लामिछानेले दाबी गरेको जस्तै देशको पहिलो फोरके टेलिभजन च्यानल हेर्दाको अनुभव संगाल्न धेरै दर्शक आतुर हुन सक्छन् ।

तर फोरकेको आनन्द उठाउनुअघि आज हामी तपाईंलाई फोरके प्रविधिबारे बताउने छौं । वास्तवमा फोरके कुनै नयाँ प्रविधि होइन । यो एउटा रेजाेलुसन स्ट्याण्डर्ड (resolution standard) हो । यस्तो किसिमको प्रविधिमा भिडियो, डिस्प्ले तथा प्रोजेक्टर बजारमा आएको धेरै भइसक्यो । 

युट्युबले नै २०१० देखि फोरके भिडियो अपलोडको अनुमति दिन सुरु गरेको हो । त्यसअघि सोनीले करिब २०१२ तिर पहिलो फोर के प्रोजेक्टर ल्याएको थियो । आजभन्दा करिब १८ वर्षअघि पहिलो फोर के क्यामेरा पनि सार्वजनिक भइसकेको छ । 

अहिले त यो सामान्य र सर्वसुलभ प्रविधि बनिसकेको छ । यो सामान्य व्यक्तिका लागि सजिलै उपलब्ध छ । सबै किसिमका उपकरणमा यसको प्रयोग हुन थालिसकेको छ । यो एउटा रेजाेलुसन प्रविधि हो, जसलाई रेकर्डिङ र स्ट्रिमिङ दुवैमा प्रयोग गर्न सकिन्छ । 

रेजाेलुसनको कुरा गर्दा केही कुरा थाहा पाउँदा सरल रूपले बुझिन्छ । डिस्प्लेमा साना साना युनिट हुन्छन्, जसलाई पिक्सेल भनिन्छ । फोरकेमा ३ हजार ८४० फिक्सल होरिजेन्टल्ली हुन्छन्, भने भर्टिकल्ली २ हजार १६० पिक्सल हुन्छ । होरिजोन्टल्ली यसमा करिब ४ हजार पिक्सल हुने भएकोले यसलाई फोरके भनिन्छ । 

फुल एचडी र फोरकेमा फरक

फुल एचडीमा रेजाेलुसन १९२० र १०८० हुन्छ । जब यसको उचाई र चौडाई दुवैमा पिक्सेललाई दुई गुणा बढाइन्छ तब यसमा फोरके पाइन्छ । एउटा फुल एचडीको चार गुणा पिक्सेलमा फोरके रेजुलेसन पाउन सकिन्छ । टु केको कुरा गर्दा त्यसमा १२८० र ७८० पिक्सल हुन्छ । 

फोरके को स्क्रिन रेजाेलुसनकाे कुरा गर्दा यसमा कुल ८ मेगापिक्सेल हुन्छ । किनभने यसको चौडाई करिब ४ हजार र उचाई करिब दुई हजार पिक्सलको छ । जब तपाईं यी दुवैलाई गुणा गर्नुहुन्छ, तब तपाईंले यसमा करिब ८० लाख पिक्सेल पाउनुहुन्छ । 

अब फूल एचडीको कुरा गर्दा त्यसमा करिब २० लाख पिक्सेल हुन्छ । यसको गुणस्तरीयता फुल एचडीभन्दा चार गुणा राम्रो हुन्छ । 

फोर के कन्टेन्ट 

तपाईंसँग फोरके टेलिभिजन छ, तर तपाईसँग फोरके कन्टेन्ट छैन भने त्यसलाई हेर्न मज्जा आउँदैन । यसका लागि तपाईंले आफ्नो मोबाइलबाट फोरके भिडियो रेकर्ड गर्न सक्नुहुन्छ, युट्युब वा इन्टरनेटबाट फोरके भिडियो सामग्री डाउनलोड गरेर टिभीमा हेर्न सक्नुहुन्छ । फोरके भिडियो रेकर्ड गर्न तपाईंसँग कम्तिमा १२ मेगापिक्सलको क्यामेरा हुनुपर्छ । 

रबि लामिछानेले सुरु गरेको यस नयाँ फोरके च्यानल मार्फत क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रशारण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस