समृद्धिका लागि राजनीतिक स्थायित्व : नगरप्रमुख पाण्डे

फागुन १२, २०७७


तुलसीपुर । सरकारले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेर पुनस्र्थापना गरेकोप्रति तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले स्वागत गरेका छन् ।

अदालतको निर्णयले प्रतिनिधि सभा विघटनको मुद्दा किनारा लगाए पनि राजनीतिक स्थायित्वको मुद्दा त्यसै बाँकी रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै पाण्डेले टाउको गन्ति भन्दा पनि सहमतिबाट मुलुकलाई अगाडी वढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस