दाहाल-नेपाल समूहले ६८ जिल्लामा तोक्यो अध्यक्ष र सचिव (सूचीसहित)

फागुन ११, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएपछि नेकपा विभाजित भएको छ। दाहाल–नेपाल तथा ओली समूहले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै आएका छन्।

यसअघि केन्द्रीय र प्रदेश नेतृत्व चयन गरेका थिए। अहिले दाहाल–नेपाल समूहले जिल्ला नेतृत्व पनि टुंग्याएको हो।

९ फागुनमा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच बराबरीमा जिल्ला नेतृत्व चयन गर्ने सहमित भएको थियो। दुवै अध्यक्षबीच भएको नौ बुँदे सहमतिपछि आज जिल्ला नेतृत्व चयन गरेका हुन्।

सोमबार चयन गरिएको जिल्ला नेतृत्वमा ३५ जिल्ला पूर्वमाओवादी समूहका र ३३ जिल्लामा पूर्वएमाले समूहका छन्। अब नौ जिल्लामा मात्रै नेतृत्व चयन गर्न बाँकी छ।

https://drive.google.com/file/d/17zl7g38t4jzcoWD39zAHPt9YankqfG9u/view

प्रतिक्रिया दिनुहोस