आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’

फागुन ०२, २०७७

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ । विश्वभर नै यो दिनलाई प्रणय अर्थात् प्रेम दिवसका रुपमा मनाइन्छ । पछिल्लो समय नेपालमा पनि खासगरी युवा युवतीले यो दिवसलाई महत्वका साथ मनाउन थालेका छन् ।

आजको दिन विशेष गरी गुलाफको कारोबार पनि बढी हुने गरेको छ । आफ्नो प्रेम व्यक्त गर्नका लागि युवा युवतीले गुलाफको सहारा लिने गरेका छन् ।

त्यस्तै विभिन्न उपहार, पोस्टकार्ड, खेलौना, चक्लेट जस्ता सामग्री उपहार दिएर आजका दिन प्रेम व्यक्त गर्ने प्रचलन नेपालमा पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस