तुलसीपुर उद्याेग वाणिज्य संघकाे अध्यक्षमा चालिसे

फागुन ०२, २०७७

तुलसीपुर ।  तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा वामपन्थी उम्मेदवार विजयी भएका छन् । रामप्रसाद चालिसे निर्वाचित भएका छन् । आईतबार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार संयुक्त व्यासायीक प्यानलबाट उम्मेदवार बनेका चालिसेले ८२९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका हिमाल बस्नेत(टेकन)ले ७९५ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ३४ मात्रै रहेको थियो ।

चालिसेले सुरु देखिनै अग्रता कायम गरेका थिए । संघको पदाधिकारीमा संयुक्त व्यबसायीक प्यानलले अध्यक्षसहित बाणिज्य उपाध्यक्ष, खुल्ला उपाध्यक्ष, महासचिब, कोषाध्यक्षमा जित हाँसिल गरेको छ, भने प्रजातान्त्रिक प्यानलले उद्योग उपाध्यक्ष,सचिब र सहकोषाध्यक्षमा विजयी हाँसिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस