व्यवसायीको निर्वाचनमा व्यवसायिक प्यानलका एजेण्डाहरु (पुर्ण विवरण)

माघ २, २०७७

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको फागुन १ गते हुने निर्वाचनमा व्यावसायिक प्यानलले एजेण्डाहरु सार्वजनिक गरेको छ ।

व्यावसायिक एकता देखि सुरक्षाका साथै स्थानीय उत्पादन र वजार प्रवद्र्धनका लागि प्रदर्शनी केन्द्र स्थापनासम्मको कुरालाई एजेण्डामा उठाइएको छ ।

कोभिडका कारण जटिलतामा परेका व्यवसायीहरुको उद्दार र पुनस्र्थापनालाई पनि मुख्य एजेण्डाका रुपमा उठाइएको छ ।


व्यवसायीक प्यानल एजेण्डाहरु


१–सम्पूर्ण व्यवसायीको हकहित, सुरक्षा र एकताका लागि ।

२–साना, मझौला र ठूला व्यवसायी / उद्योगीका बीचमा एकता कायम गरी यस क्षेत्रको व्यवसाय र उद्योगको प्रवद्र्धन गर्नका लागि ।


३–व्यवसायी र विभिन्न सम्वन्धित संघ, संस्था र निकायका बीचमा समन्वयात्मक भुमिका निर्वाह गरी व्यवसायीका समस्या, गुनासा र मर्काहरुलाई समाधान गर्नका लागि ।


४– केन्द्र, प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरी यस क्षेत्रमा कृषि, पर्यटन, व्यवसायी र उद्योगीहरुको प्रवद्र्धन गर्न प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि ।


५–तुलसीपुरलाई आधुनिक वजारका रुपमा विकास र विस्तार गर्नका लागि रात्रीकालिन वजार,हाटवजार, कृषि वजार लगायतका विभिन्न वजारहरु सञ्चालनका लागि ।

६– व्यवसायी र उद्योगीहरुका बीचमा निरन्तर छलफल र अन्तक्र्रियामार्फत नयाँ नीति र योजना तर्जुमा गरेर अगाडी वढ्नका लागि ।


७–तुलसीपुर उद्योग वाणिज्य संघलाई पूर्णत व्यवसायीमैत्री संस्थाका रुपमा विकास गर्नका लागि ।


८– कोभिडका कारणले जटिल अवस्थामा पुगेका व्यवसायीहरुको उद्दार र पुनस्र्थापना गर्न विभिन्न राहत प्याकेजका कार्यक्रम सञ्चालनका लागि


९– आपतकालिन समस्यामा परेका व्यवसायीहरुलाई सुरक्षा र राहत प्रदान गर्न वृहत राहत कोषलाई प्रभावकारी सञ्चालनका लागि ।


१०–कर, लेखा, बैकिङ्ग प्रणाली लगायत व्यवसायसँग सम्बन्धित विभिन्न विषयगत तालिमको व्यवस्था गर्नका लागि ।


११– व्यवसायी र घरधनीका बीचमा आवश्यक समन्वय गरी वैज्ञानिक भाडादर र सम्झौता कार्यान्वयन गर्न पहल गर्नका लागि ।

१२– सुरक्षित वजार व्यवसायीको सरोकार भन्ने नाराका साथमा यस क्षेत्रका सबै ठाउँमा सिसि क्यामेरा जडान गरेर व्यवसायीक सुरक्षा कायम गर्नका लागि ।


१३– तुलसीपुरको व्यवसाय प्रवद्र्धनका लागि महत्वपूर्ण भुमिका वहन गरेको तुलसीपुर विमानस्थलको धावन मार्ग विस्तार र इन्धन डिपो स्थापनाको पहलका लागि ।


१४– बजार क्षेत्रको अव्यवस्थित पार्किङ्ग व्यवस्थापनका लागि ।


१५–तुलसीपुर उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्थाका रुपमा विकास गर्नका लागि ।

प्रतिक्रिया दिनुहोस