व्यवसायीका मुद्दा नै पहिलो प्राथमिकताः वामपन्थी प्यानलका उम्मेदवार

माघ २८, २०७७


तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि हुन थालेको चुनावमा वामपन्थी विचार राख्ने व्यवसायीहरु एउटै मोर्चामा उभिएका छन् । धेरैले अड्कल गरेभन्दा विपरित एउटै प्यानल वनाएर वामपन्थीहरु निर्वाचनमा होमिएका हुन् । उम्मेदवारी दर्ता गराएसँगै अहिले उनीहरु व्यवसायीको हितका लागि मत माग्दै विभिन्न मुख्य वजारहरुमा गइरहेका छन् ।


‘व्यवसायीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएकोछ ’ खुल्ला उपाध्यक्ष पदका उम्मेदवार रुपवहादुर खत्रीले जानकारी दिए । उनले व्यवसायीका विभिन्न मुद्दामा आफुहरु गम्भिर भएको समेत वताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका उम्मेदवारहरु हापुरे, श्रीगाउँ, पवननगर, हंसपुर, खिलतपुर, तुलसीपुर, विजौरीलगायतका व्यबसायीसंग भेटघाट तथा छलफल गरेका छन् ।


त्यस अवसरमा अध्यक्ष पदका उम्मेदवार रामप्रसाद चालिसे, बाणिज्य तर्फका उपाध्यक्ष मिनराज भण्डारी, उद्योग तर्फका उम्मेदवार यज्ञबहादुर केसी, खुल्ला तर्फका उम्मेदवार रुपबहादुर केसी, सचिब पदका उम्मेदवार बेदप्रसाद वली, सहकोषाध्यक्षका उम्मेदवार टेकप्रकाश केसीलगायत सदस्य पदका अन्य उम्मेदवारहरुले व्यबसायीको हकहितका लागि विगतदेखि लड्दै आएको र आगामी दिनमा पनि लड्ने प्रतिबद्धता जनाएका थिए ।


त्यस अवसरमा नेता नारायण खनाल, मिनराज वली, टोपबहादुर घर्ती, चुनाब प्रचार उप समितिका संयोजक ओपेन्द्र बस्नेत, सह–संयोजक दीपक बोहरालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस