सहीद दिवसका अवसरमा बाटिका निर्माण

माघ १६, २०७७


तुलसीपुर । तुलसीपुर १२ मा रहेको मेट्रो कलेजमा सहीद दिवसको अवसर पारेर बाटिका निर्माण गरिएको छ । विद्यालयको प्राङ्गणमा विभिन्न फुलहरु रोपेर विद्यार्थीहरुले बाटिका निर्माण गरेका हुन् । वन विज्ञान पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रजातिका फुलहरु लगाएका हुन् ।

सहीदहरुको योगदानका कारण नेपालजस्तो सुन्दर फुलबारी निर्माण भएको वताउँदै त्यसैको संकेतका रुपमा बाटिका निर्माण गरिएको विद्यार्थीहरुले वताएका छन् ।


कार्यक्रममा बोल्दै कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुले सृजनशिल ढँगले सहीद दिवस मनाएकोमा खुसी व्यक्त गरेका थिए । प्राविधिक विषय अध्यापन गराउने गरी तुलसीपुर उपमहानगरपालिकाले मेट्रो कलेज सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस