माेबाइल एप, जसले सोसल मिडियाका गलत कन्टेन्ट स्वतः हटाइदिन्छ

माघ १५, २०७७

काठमाडौं । अहिले बजारमा थरीथरीका सोसल मिडिया प्लेटफर्म उपलब्ध छन् । धेरैजसो मानिसहरु ट्वीटर, युट्युब, इन्स्टाग्राम, ट्वीच जस्ता प्लेटफर्म प्रयोगमा बढी समय खर्चिने गर्छन् । यस्ता प्लेटफर्ममा जति धेरै प्रयोगकर्ता, त्यति नै चुनौती पनि आइरहेका छन् ।

यस्ता प्लेटफर्ममा धेरै मानिसहरु आबद्ध हुनाले गलत प्रवृत्तिका कमेन्ट पनि आउने गरेका छन् । हेट स्पिच वा अभद्र टिप्पणीहरु यस्ता सोसल मिडिया प्लेटफर्मका लागि टाउको दु:खाई बनिरहेका छन्

यसकाे समाधानका लागि फ्रान्सकाे एक स्टार्टअप बडीगार्डले एउटा एप ल्याएकाे छ, जसकाे प्रयाेगले सजिलै तपाईंले आफ्नो आँखाबाट ‘विषाक्त सामग्री’ लुकाउन सक्नुहुन्छ ।

फ्रान्समा यो एप केही वर्षदेखि उपलब्ध छ र कम्पनीले हालसम्म ५० हजार प्रयोगकर्ताहरू आकर्षित गरिसकेको छ । यो एपले इन्टरनेटमा ९० देखि ९५ प्रतिशतसम्म हेट स्पिच वा घृणा पैदा गराउने टिप्पणीहरू पहिचान गर्न सफल भएको जनाइएको छ ।

जोसुकैले नि:शुल्क रूपमा प्रयोग गर्न सक्नेगरी याे मोबाइल एप विकास गरिएको छ । अन्य एपजस्ताे विज्ञापन एप डाउनलोड गरेपछि तपाईंले आफूलाई मनपर्ने सामाजिक सञ्जालमा कनेक्ट गर्न सक्नुहुन्छ ।

यसपछि एपभित्र रहेको फिचर मोडेरेशनको लेभल छनौट गरी आफ्नो सामाजिक सञ्जाल मा रहेका नराम्रा कमेन्टहरु हेर्न सक्नुहुन्छ । यसका लागि एपमा धेरै क्याटेगोरीहरु छन्, जस्तै गालीगलाैज, धम्की, ट्राेल, जातीय भेदभाव, नैतिक उत्पीडन, यौन उत्पीडन आदि ।

आफूले चाहेको क्याटेगोरी अनुसार सुरक्षाको तह निर्धारण गर्ने जिम्मा भने तपाईंको नै हुनेछ । यसमा हाई प्रोटेक्सन र म्याक्सिमम प्रोटेक्सन लगायतका फिचर छन् ।

बडीगार्ड एपले आफ्नो सर्भरबाट तपाईंको सोसल अकाउन्टमा भएका रिप्लाई र कमेन्ट स्क्यान गरी ठीक छ या बेठिक भनेर निर्णय दिन्छ ।

उदाहरणका लागि यसले कमेन्ट हाइड गर्ने (लुकाउने), युजरलाई म्युट गर्ने, ब्लक गर्ने लगायतका लागि तपाईंलाई निर्णय दिन्छ । अब जब तपाईं आफ्नो इन्स्टाग्राम वा ट्वीटर अकाउन्ट खोल्नुहुन्छ, तपाईंले त्यस्ता घृण पैदा गराउने कमेन्टहरु देख्न पाउनुहुन्न ।

प्रतिक्रिया दिनुहोस