सरकारद्वारा दाङ औद्योगिक क्षेत्र घोषणा

माघ १५, २०७७

तुलसीपुर । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं। ४ र ५ अन्तर्गत चारकिल्लाभित्र पर्ने ५४९ विघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गरेको छ ।

सो क्षेत्र साविकको धर्ना र लक्ष्मीपुर गा‍विस वडा नं १ मा पर्छ । चारकिल्लाको पूर्वीक्षेत्र लमही घोराही सडक, पश्चिम पाण्डेश्वर धार्मिक वन, उत्तर ववई नदी र दक्षिणमा वन क्षेत्र पर्छ ।

प्रतिक्रिया दिनुहोस