नक्सामा मात्र होइन, व्यवहारमा हाम्रो भूमि ल्याउँछौं : प्रधानमन्‍त्री ओली

खबरशाला संवाददाता  |  पुष २६, २०७७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो मित्रता कायम गरेर उचाईमा पुर्‍याउन चाहेको बताएका छन् । आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै ओलीले भारतसँगको समबन्धलाई व्यापक बनाउन खोजेको बताए । ‘म भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘व्यापक बनाउन चाहन्छु । नयाँ उचाइमा पुर्याउन चाहन्छु ।’

 नेपाली भू-भाग हडपिएको थाहा भए पनि यस अघिका शासकले बोल्न नसकेको उनको भनाइ छ । ‘बोल्न नसक्ने तर सम्बन्ध राम्रो छ भन्‍ने ? हाम्रो भू-भाग हामीले प्राप्त नगरेर हडपिएको छ भन्‍ने थाहा छ तर, बोल्न नसक्ने अनि सम्बन्ध राम्रै छ भन्‍ने ? भित्र मन चिढ्याउने बाहिर राम्रौ छ भन्‍ने’ उनले भने । 

सीमा विवादका विषयमा भारतसँग तथ्य र प्रमाणका आधारमा छलफल हुने उनले बताए । ‘नक्सामा राख्यौं । संविधानमा राख्यौ । तथ्य र प्रमाणको आधारमा छलफल हुँदैछ । नेपालको भूमि हाम्रो अधीनमा ल्याउँछौ । नक्सामा मात्र होइन व्यवहारमा हाम्रो भूमि ल्याउँछौं’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस