ओके गुगल’ भनेर स्मार्टफोनले गर्नसक्छ यतिधेरै काम

पुष १६, २०७७

काठमाडौं । गुगल असिस्टेन्ट एकदमै शक्तिशाली टुल हो । यदि तपाईं गुगल वा एन्ड्रोइड इकोसिस्टमसँग तपाईं पूर्ण रुपमा अभ्यस्त हुनुहुन्न भने पनि चिन्ता नलिनुहोस् ।

किनभने गुगलको असिस्टेन्ट टूलहरु एन्ड्रोइडमा मात्र होइन, जुनसुकै डिभाइसमा पनि राम्रोसँग चल्न सक्छ । आजभोलि यी टुलहरु फोन, टिभी, ट्याब्लेट्स, स्मार्ट होम डिभाइस, स्मार्ट डिस्प्लेदेखि वायर्ड ईयरफोनमा समेत राखिन थालेका छन् ।

काई अपरेटिङ सिस्टमको मद्दतका कारण आजभोलि यी असिस्टेन्ट टुलहरु डम्ब फोनमा समेत उपलब्ध हुन थालेका छन् । यी त भए यसको ‘कम्प्याटिबिलिटी’ का कुराहरु ।

तर यी असिस्टेन्ट टुलहरुले के काम गर्छन् ? ‘ओके गुगल’ भनेर आफ्नो स्मार्टफोनलाई के काम अह्राउँन सकिन्छ ? यी कुरा सबैलाई थाहा छैन । 

आज हामी तपाईंलाई अत्याधिक उपयोगी केही यस्ता गुगल असिस्टेन्टका बारेमा बताउने छौं, जसलाई ‘ओके गुगल’ कमाण्डले निर्देशन दिन्छ । यसले तपाईंको जीवनलाई एकदमै सरलीकृत गरेको छ । 

अत्यावश्यक ओ गुगल कमाण्ड 

सबैभन्दा पहिले त गुगल असिस्टेन्टले गर्न सक्ने आधारभूत कामहरुको बारेमा तपाईलाई जानकारी हुनुपर्छ । यसलाई कुनै पनि एप लन्च गर्ने, प्रिलोड तथा डाउनलोड गर्ने काम अह्राउन सकिन्छ ।

उदाहरणका लागि यदि तपाई ह्वाट्सएप खोल्न चाहानुहुन्छ भने ‘वके गुगल, ओपन ह्वाट्सएप’ भन्न सक्नुहुन्छ । यसले तपाले भनेको युआरएलमा गएर वेबसाइटहरु पनि खोलिदिन सक्छ ।

यसका लागि तपाईले ‘गो टु (कुनै पनि वेबसाइट) डट कम’ भन्नु पर्ने हुन्छ । यदि तपाई केही कुरा खोज्न चाहानुहुन्छ भने ‘सर्च फर (सर्च वर्ड)’ भन्नुहोस् । 

१. ओके गुगल, ओपन (एपको नाम)

२. गो टु (वेबसाइट यूआरएल)

३. सर्च फर (सर्च टर्म)

यसबाहेक तपाईले केही हार्डवेयर फिचरहरुलाई पनि कन्फिचर, इनेबल तथा डिजेबल गर्नसक्नुहुन्छ । उदाहरणका लागि ब्ल्युटुथ, वाईफाई, फ्ल्यासलाइटलाई स्मार्टफोन नछोइ टर्न अन तथा अफ गर्नसक्नुहुन्छ । यसबाहेक भोल्युमलाई विशेष लेभलसम्म हाई तथा लो बनाउन सकिन्छ । 

१. ओके गुगल, टर्न अन/अफ, ब्ल्युटुथ/वाईफाई/फ्ल्यासलाइट

२. टर्न द भोल्युम अप/डाउन/ टु (नम्बर) पर्सेन्ट

३. म्यूट द भोल्युम

ओके गुगल क्यामेरा कमाण्ड

गुगल असिस्टेन्टको मद्दतले तपाई हातको प्रयोग नगरी फोनबाट फोटो समेत खिँच्न सक्नुहुन्छ । तपाईले यसलाई सेल्फी खिँच्न, भिडियो रेकर्ड गर्न तथा सट्टर बटन चलाउन सक्नुहुन्छ । यसका लागि तपाईले हातको प्रयोग गर्नु पर्दैन । 

१. ओके गुगल, टेक अ पिक्चर

२. टेक अ सेल्फी

३. रेकर्ड अ भिडियो 

ओके गुगल अलार्म, टाइमर्स तथा रिमाइण्डर कमाण्ड

फोनमा टाइमर वा अलार्म सेट गर्नुछ तर फोन तपाईको ब्यागभित्र छ भने चिन्ता नलिनुहोस् । यसका लागि गुगल असिस्टेन्टसँग सहयोग माग्नुहोस् ।

यसबाटै तपाईले अलार्म सेट गर्नसक्नुहुन्छ । साथै असिस्टेन्टबाटै अलार्म टर्न अफ समेत गर्नसक्नुहुन्छ । यी काम गर्न तपाईले न क्लक एप खोल्नुपर्छ न त फोन नै छुन पर्छ । 

१. ओके गुगल, सेट एन अलार्म फर (टाइम)

२. सेट अ रिपिटेटिङ अलार्म फर (टाइम) अन (दिन)

३. सो मी माई अलार्म्स

४. टर्न अफ अल अलार्म

अलार्म सेट गरेजसरी तपाईले टाइमर पनि सेट गर्न र त्यसैगरी कन्फिगर पनि गर्नसक्नुहुन्छ । आफूलाई चाहिएको समय सेट गर्न, टाइमर्स देखाउन तथा त्यसलाई टर्नअफ गर्न सबै कुरा गुगल असिस्टेन्टलाई सहयोग माग्नसक्नुहुन्छ । 

१. वके गुगल , सेट अ टाइमर फर (समयावधि)

२. सो मि माई टाइमर्स

३. टर्न अफ अल टाइमर्स

यसबाहेक तपाईले रिमाइण्डर र दोहोरि रहने रिमाइण्डर पनि सेट गर्नसक्नुहुन्छ । 

१. वके गुगल, रिमाइण्ड मि टु (काम र समय/ लोकेसन) 

२. रिमाइण्ड मि टु (कामको नाम) एभ्री (दिन/समय)

३. नोट टु सेल्फ

तपाईले गुगल असिस्टेन्टको मद्दतबाट क्यालेण्डर इभेन्ट बनाउन तथा अगाडी बनाएको क्यालेण्डर इभेन्ट चेक समेत गर्नसक्नुहुन्छ । साथै प्याकेज ट्रयाकिङ गर्ने तथा अपकमिङ अपोइन्टमेन्टको चेकआउट गर्ने जस्ता काम पनि गर्नसक्नुहुन्छ । 

१. ओके गुगल, कृयट अ क्यालेण्डर इभेन्ट 

२. वेर इज माई प्याकेज?

३. वाट्स माई नेक्स्ट अपोइन्टमेन्ट?

४. वाट डज माइ डे लुक लाइक ?

५. वाट डज माई डे लुक लाइक अन (इन्सर्ट डे) ?

ओके गुगल म्यासेजिङ/ कल कमाण्ड

तपाईले आफ्नो सम्पर्क सूचीमा भएका व्यक्तिलाई मोबाइलमा टाइप नगरी आफ्नो आवाजको मद्दतले कल वा टेक्स्ट म्यासेज गर्नसक्नुहुन्छ । यसका लागि तपाईले सम्पर्क वा टेक्स्ट म्यासेज गर्न चाहेको व्यक्ति तपाईको कन्ट्याक्ट एपभित्र बसेको हुनुपर्छ । 

१. ओके गुगल, कल (कन्ट्याक्ट नेम)

२. कल (कन्ट्याक्ट नेम) अन स्पिकरफोन

आफ्नो कन्ट्याक्टमा भएको व्यक्तिको नाम गुगल असिस्टेन्टलाई बताएर पनि तपाईले त्यस व्यक्तिलाई टेक्स्ट म्यासेज गर्नसक्नुहुन्छ । यसबाहेक आफ्नो लेटेस्ट म्यासेज हेर्न, इमेल पठाउन, कन्ट्याक्ट लिस्टबाट व्यक्तिको नम्बर वा जन्मदिन निकाल्न समेत तपाईले गुगल असिस्टेन्टको सहयोग लिनसक्नुहुन्छ । 

१. ओके गुगल, टेक्स्ट (कन्ट्याक्ट नेम र म्यासेज कन्टेन्ट)

२. सो मी माई म्यासेज

३. सेण्ड इमेल टु (कन्ट्याक्ट नेम), सब्जेक्ट (तपाईको सब्जेक्ट) , म्यासेज (इमेल म्यासेज कन्टेन्ट)

४. लिसन टु भ्वाइस मेल 

५. फाइण्ड (कन्ट्याक्ट नेम) नम्बर

६. वेन इज (कन्ट्याक्ट नेम) बर्थडे

यसबाहेक तपाई अन्य एपसँग पनि कुराकानी गर्नसक्नुहुन्छ । गुगल असिस्टेन्टले तपाईको ट्वीटरमा कुनै पोस्ट लेखिदिनेदेखि ह्वाट्सएपमा समेत म्यासेज लेखिदिन्छ । 

१. पोस्ट टु (सोसल नेटवर्क नेम)

२. टेक्स्ट (कन्ट्याक्ट नेम) अन (एप नेम)

ओके गुगल म्युजिक / मिडिया कमाण्ड

तपाईका हातहरु खाली छैनन् र मोबाइलमा बजिरहेको गित परिवर्तन गर्नुछ भने तपाईले यो काम सजिलै गर्नसक्नुहुन्छ ।

गुगल असिस्टेन्टलाई तपाईले कुनै पनि कलाकार, एल्मब, आफ्नो प्लेलिस्टको जनराको गित छानी छानी बजाउन लगाउन सक्नुहुन्छ । साथै कुनै पनि गित गुगल असिस्टेन्टलाई चिन्न लगाउन सक्नुहुन्छ । 

१. ओके गुगल, प्ले (आर्टिस्ट, एल्बम, सङ, जनरा)

२. वाट्स दिस सङ ?

३. प्ले सोम म्युजिक

यसै गरी फिल्म पनि तपाईले गुगल असिस्टेन्टको मद्दत लिएर हेर्नसक्नुहुन्छ । साथै आफ्नो डिभाइसमा प्ले भइरहेको फिल्म कुन हो भनेर समेत सोध्न सक्नुहुन्छ । 

१. ओके गुगल, वाच (मुभी नेम)

२. वाट मुभि आर प्लेयिङ टोनाइट ?

३. वेर इज (मुभी नेम) प्लेयिङ राइट नाउ ?

ओके गुगल नेभिगेसन/ ट्राभल कमाण्ड

गुगल म्यापको इन्टिग्रेसनका कारण नेभिगेसन र यात्राका लागि गुगल असिस्टेन्ट अझै उपयोगी भएको छ । कुनै पनि लोकेसन वा एड्रेस नेभिगेट गर्नका लागि गुगल असिस्टेन्टको सहयोग लिनुहोस् ।

कुनै पनि विशेष ठाउँ कता छ र कसरी पुग्ने भनेर समेत खोजी गर्न गुगल असिस्टेन्टलाई अह्राउन सक्नुहुन्छ । 

१. ओके गुगल, नेभिगेट टु (लोकेसन नेम तथा एड्रेस)

२. गिभ मी (वाकिङ/बाइकिङ) डिरेक्सन टु (लोकेसन नेम वा एड्रेस)

३. फाइण्ड (नेम अफ ल्याण्डमार्क)

४. वेर इज द नियर्रेस्ट (टाइप अफ विजनेस)?

५. सो मी द मेनु अफर (रेस्टुरेन्ट नेम)

६. कल (विजनेस नेम)

७. बुक मी एन अपोइन्टमेन्ट एट (विजनेस नेम)

तपाई कतै चाढै यात्राको तयारी गर्दै हुनुहुन्छ ? यसका लागि ट्राभल स्पेसिफिक कमाण्डको सुविधा तपाईलाई गुगल असिस्टेन्टले प्रदान गर्दछ ।

असिस्टेन्टले तपाईलाई फ्लाइट, होटलको डिरेक्सन देखाइदिन्छ । विशेषगरी विदेशी मुलुक वा नयाँ ठाउँमा जाँदै गर्दा यो निकै नै उपयोगी हुन्छ । साथै यसले तपाईलाई त्यो ठाउँको आकर्षक स्थल पनि देखाइदिन्छ ।

आफ्नो फ्लाइटको बारेमा, देशको व्यवसाय तथा आकर्षणको बारेमा पनि विशेष जानकारी पाउन सक्नुहुन्छ । 

१. ओके गुगल, सो मी माई फ्लाइट्स

२. वाट इज द फ्लाइट स्टाटस अफ (एयरलाइन) फ्लाइट (फ्लाइट नम्बर)?

३. वेर इज माई होटल?

४. वाट इज द टाइम जोन इन (प्लेस नेम) ?

५. वाट इज द टिप फर (टोटल बिल अमाउन्ट)?

६. इज (अट्राक्सन/विजनेस) ओपन नाउ ?

७. वाट आर सम अट्रयाक्सन इन (सिटी, प्लेस, अराउण्ड हेयर) ?

८. वाट इज (विदेशी मुद्रा) इन (तपाईको मुद्रा) ?

९. वेन डज (अट्रयाक्सन, ल्याण्डमार्क विजनेस) क्लोज?

१०. डिस्ट्यान्स फ्रम हेयर टु (ल्याण्डमार्क/लोकेसन)?

११. हाउ फार अवे इज (प्लेस नेम)?

ओके गुगल वेदर कमाण्ड 

वेदर फिचर, गुगल असिस्टेन्टको एउटा हाइलाइट फिचर हो । तपाईले गुगल असिस्टेन्टलाई मौसम बारे विभिन्न किसिमका प्रश्नहरु सोध्न सक्नुहुन्छ । 

१. ओके गुगल, वाट्स द वेदर लाइक ?

२. वाट्स द वेदर इन (लोकेसन) फर (दिन वा टाइम पिरियड) ?

३. वाट्स द टेम्प्रेचर ?

४. वेन इज (सनराइज, सनसेट)?

५. डु आइ निड एन अम्ब्रेला टुडे ?

६. इज देयर अ चान्स अफ रेन (टुडे, टुमरो, डेट)

७. वेन इज (सनराइज, सनसेट) इन (प्लेस नेम)

गुगल असिस्टेन्ट इन्फर्मेसन कमाण्ड

कुनै पनि विषयमा आफूलाई चाहिएको प्रश्नको उत्तर तपाईले गुगल असिस्टेन्टबाट निकाल्नसक्नुहुन्छ । गुगलबाट निकाल्न सक्ने जस्ता सम्पूर्ण जनरल नलेज वा पब्लिक नलेजका साधारण प्रश्नहरु बिना टाइप गरी सोध्नसक्नुहुन्छ । 

कुनै पनि सिनेमा देखि स्टक ट्रेडिङ सबै कुराको बारेमा तपाईले सोध्नसक्नुहुन्छ । 

१. वके गुगल, हु इज द प्रोड्युसर अफ (मुभी नेम)?

२. हाउ ओल्ड इज (फेमस पर्सन) ?

३. वाट इज द स्क्वायर रुट अफ (नम्बर)?

४. हु रोट (बुक नेम)?

५. हु एक्टेड इन (मुभी नेम)?

६. वाट्स (कम्पनी नेम) स्टक प्राइज

गेम विथ गुगल असिस्टेन्ट 

तपाईले गुगल असिस्टेन्टबाट मिनी गेमहरु जस्तै सोलिटायर र टिक ट्याक टोइ हरु खेल्नसक्नुहुन्छ । 

१. ओके गुगल, प्ले (सोलिटायर/टिक ट्याक टोइ)

२. ओके गुगल, आइएम फिलिङ लक्की 

३. ओके गुगल, स्पिन द ह्वील

बोनस-गुगल असिस्टेन्ट इस्टर एग्स

गुगललाई तपाईं रमाइलोका लागि जुनसुकै काम गराउँन सक्नुहुन्छ । जस्तै बिरालो जस्तो कराउन, कविता सुनाउन, जोक भन्न । यसरी आफ्नो रमाइलोको लागि जे पनि गराउन सक्नुहुन्छ । 

टेकपानाबाट

प्रतिक्रिया दिनुहोस