दाङका अवैधानिक १० क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन

खबरशाला संवाददाता  |  मङि्सर ०७, २०७७

तुलसीपुर, ७ मंसीर ।दाङका १० वटा क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिईएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई तथ जिल्लाका सरोकारवाला निकायहरुको सहभागितामा गएको कात्तिक अन्तिम साता देखी जिल्लाका क्रसर उद्योग बारे अनुगमन सुरु गरिएको थियो । अनुगमनका क्रममा १० वटा क्रसर उद्योगले अवैध रुपमा काम गरीरहेको फेला परेपछि ती उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन ।

प्रमुख जिल्ला अधिकारीआचार्यका अनुसार बालुवा प्रशोधन गर्ने भनि उद्योग दर्ता गरेकोमा क्रसर उद्योग नै सञ्चालन गरेको पाईएको छ । त्यस कारण ती १० उद्योगलाई बन्द गर्न निर्देशन दिईएको उनले जानकारी दिएका छन् । गृह मन्त्रालयले गएको कार्तिक २५ गते निर्देशन दिएपछि जिल्लामा क्रसर उद्योगको अनुगमन थालिएको थियो ।अनुगमन सकिए पछि आईतवार घोराहीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिईएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा १२ वटा क्रसर उद्योग दर्ता भएकोमा १० वटा सञ्चालनमा रहेका छन् भने ती बैधानीक ढंगले चलेको पाईएको छ । जिल्लाका ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएकोमा ६ वटा बन्द भएको प्रजिअ आचार्यले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।यस्तै २६ वटा सञ्चालनमा रहेका छन् । ती मध्ये १० वटाले क्रसर उद्योगमा नाममा चलाएको पाईए पछि बन्द गर्न निर्देशन दिईएको छ ।

प्रजिअ आचार्यका अनुसार यसरी बदमासी गर्नेहरु स्वर्गद्धारी स्किृनप्लान्ट प्राली, जनविश्वास बालुवा बासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रसोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डबेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योगलाई बन्द गर्न निर्देशन दिईएको हो ।

अटेरी गरे राज्यका सेवा सुविधा कटौती सँगै दर्ता खारेज सम्म गर्ने चेतावनी दिईएको हो । पत्रकार सम्मेलनमा क्रसर व्यवसायी महासंघका अध्यक्ष मिनबहादुर शाहीले आफुहरु राज्यको नीति नियम अनुसार चल्न प्रतिबद्ध रहेको बताए । अर्को तर्फ राज्यका मापदण्डहरु अव्यवहारीक हुदा व्यवसायीहरु मारमा पर्ने गरेको उनको भनाई छ । अनुगमन टोलीमा जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, मालपोत तथा नापी, वन कार्यालय, घरेलु लगाएतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।उक्त टोलीले जिल्लामा सन्चालन क्रसर तथा बालुवा प्रशोधन उद्योगमा पुगेर आबश्यक छानविन तथा अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस