बालबालिकाका मुद्दामा संवेदनशिल छौं : उपमेयर शर्मा

खबरशाला संवाददाता  |  मङि्सर ०५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया शर्माले बालबालिकाका मुद्दामा संवेदनशिल ढँगले लागेको वताएकी छिन् । ‘बालअधिकारका लागि हामी प्रतिवद्ध छौ, हामीले बाल संरक्षण नीति वनाएर सोही अनुसार काम गरिरहेका र्छौ’ उनले भनिन् । गरिबीका कारण बालबालिकाहरु पछाडी परेको वताउदै अभिभावकलाई रोजगारदिने खालका कार्यक्रम सञ्चालन गर्न तुलसीपुरले विशेष कार्यक्रम अगाडी ल्याएको उनको भनाई थियो ।


अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा स्थानीय बालअधिकार समिति र नव जागरण बाल संरक्षण केन्द्रको आयोजनामा भएको कोभिड १९ ले बालबालिकामा पारेको असर विषयक अन्तक्र्रिया कार्यक्रम प्रमुख अतिथिको रुपमा बोल्दै उपप्रमुख शर्माले कोभिड १९ को महामारीका कारण घरमै बसेका बालबालिकालाई सृजनात्मक कार्यमा सहभागी गराउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको वताइन् ।

अभिभावकको लापरबाहीका कारण बालबालिका कोभिडको संक्रमणमा परेको उनको भनाई थियो ।स्थानीय बालअधिकार समितिका संयोजक नवराज लामिछानेले कोभिडले बालबालिकामा मानसिक असर गरेको वताए । उनले विद्यालय सञ्चालन गर्दा बालबालिकाको स्वास्थ्य सुरक्षामा ध्यान दिन आवश्यक रहेको वताए । ‘अभिभावकले बालबालिकालाई कोभिडबाट कसरी जोगिने भन्ने बारेमा जानकारी दिन आवश्यक छ ’ संयोजक लामिछानेले भने ।

बालबालिकालाई अभिभावकले धेरै श्रममा लगाउने गरेको पाइएको समेत उनले वताए । ‘हामीले होटेल या पसलमा काम गर्ने बालश्रमिक त देख्यौ तर आफ्नै घरमा रहेका बालश्रमिक देख्न सकेका छैनौ ’ उनले भने ।


कार्यक्रममा बोल्दै तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले बालमैत्री मास्क उत्पादनमा ध्यान नदिदा बालबालिकाले मास्क लगाउन मन नगरेको वताए । कोभिडको समयमा पनि सबै बालबालिकालाई तुलसीपुरले खोप र भिटामिन घरघरमा पु¥याएको उनको भनाई थियो । धेरैजसो बालबालिकामा अभिभावक कै कारण संक्रमण फैलिएको उनले सुनाए ।

बालबालिकालाई भुलाउनका लागि मोबाईल दिने समस्या व्याप्त भएको भन्दै उनले अभिभावकले बालबालिकालाई समय दिन आवश्यक रहेको कुरामा जोड दिए ।.


नवजागरण बाल संरक्षण केन्द्रकी अध्यक्ष निशा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसी बाल अस्पतालका मिथुन रेग्मी, तुलसीपुर शिक्षा शाखा अधिकृत चक्र भण्डारी, गैरसरकारी महासंघ दाङ्गकी नानीमैया वली, दलित अधिकारकर्मी युवा करारा, वेसका लोकजंग चौधरी, तुलसीपुर उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख रेवा रावत,तुलसीपुर उद्योग वाणिज्य संघकी सपना वस्नेत लगायतले कार्यक्रममा विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस