शिक्षक मदन शर्माको निधनमा शोक सभा

मङि्सर ०४, २०७७

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव एवं लुम्बिनी प्रदेशका अध्यक्ष मदनकुमार शर्माको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले तुलसीपुर –१८ दुधरास स्थित शर्माको निवासमै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।


१३ औ दिनको पून्यतिथीका अवसरमा आयोजित शोक सभालाई प्रतिनिधी सभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपूरी घर्ती सम्बोधन गरेकी हुन् । त्यस अबसरमा घर्तीले शैक्षिक आन्दोलनमा शर्माको अतुलनीय योगदान रहेको उल्लेख गरिन् । २०४६ सालको अन्दोलन संगै दाङ,रोल्पा, रुकुम, जाजरकोट भेरी लगाएतका विभिन्न स्थानमा शैक्षिक आन्दोलनको बीजारोपण गरेको स्मरण गर्दै शर्माकै कतिपय स्थानमा विद्यालय खुलेको जानकारी गराइन् ।


प्रमुख अतिथि समेत रहेकी घर्तीले जनयुद्धका क्रममा पनि शर्माको योगदान महत्वपूर्ण रहेको वताइन् । यस्तै शोक सभालाई राष्ट्रिय सभा सदस्य एवं नेकपा लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’, लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्मा, मृर्तक शर्माकी जीवन संगीनी अम्बिका शर्मा, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, एकीकृत अखिल नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष रत्न वली,तुलसीपुर उप–महानगरपालिका प्रमुख घनश्याम पाण्डे, , गंगादेव गाउँपालिका अध्यक्ष नीरबहादुर खत्री लगाएतले शोक मन्तव्य गरेका थिए ।

संगठनका केन्द्रीय उपाध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निमबहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस