महरा पत्नीकाे निधनमा नेकपा दाङद्वारा दुःख व्यक्त

खबरशाला संवाददाता  |  कार्तिक १, २०७७

दाङ, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता, पूर्व सभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महरालाई पत्नी शोक परेकोमा नेकपा दाङले दुःख व्यक्त गरेको छ । नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सिराम पुन मगरले बुधबार शोक विज्ञप्ती जारी गर्दै महरा पत्नी सिता महराको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।

अध्यक्ष खड्का र सचिव पुनले जारी गर्नुभएको शोक विज्ञप्तीमा सिता महराको आज (बुधबार) विहान उपचारको क्रममा निधन भएको उल्लेख गरिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न संघर्षहरु विशेष गरी दशबर्षे जनयुद्धमा जस्तो सुकै जटिल परिस्थिति आइपर्दा पनि त्यसको सामना गर्दै भूमिगत राजनीतिमा होमिएको पनि शोक विज्ञप्तीमा स्मरण गरिएको छ ।

‘पार्टी र क्रान्तिमा उहाँले गर्नुभएको योगदानको उच्च कदर गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।’ शोक विज्ञप्तीमा भनिएको छ । ‘सिता महराको निधनबाट उत्पन्न जटिल परिस्थितिको सामना गरिरहनुभएका परिवारजनप्रति शोकलाई शक्तिमा बदल्ने आँट र धैर्यता पैदा होस भन्ने कामना सहित गहिरो समवेदना प्रकट गर्र्दछौं ।’ खड्का र पुनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नेकपाकी संगठित सदस्यका रुपमा रहनुभएकी सिता महराका छोरा निर्मल महरा पार्टी दाङ जिल्ला सचिवालय सदस्यका रुपमा हुनुहुन्छ भने उन्नती महरा, प्रगति महरा र राहुल महरा महरा पनि पार्टी संगठित सदस्यका रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस