तुलसीपुरमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या १८ हजार ५४५

खबरशाला संवाददाता  |  कार्तिक १८, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा सामाजीक सुरक्षा भत्ता लिनेको सङ्ख्या १८ हजार भन्दा बढि रहेको एक तथ्याङ्कले देखाएको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालय पञ्जीकरण शाखाले दिएको जानकारी अनुसार सामाजिक सुरक्षा भत्ता लिनेमा जेष्ठ नागरिक , एकल महीला , विधुवा महीला , दलित समुदायका पाँच बर्ष मुनिका बालबालिका र लोपोन्मुख समुदाय रहेका छन् । हाल सम्म सामाजिक सुरक्षा भत्ता लिनेको संख्या १८ हजार ५ सय ४५ रहेको पन्जीकरण शाखा प्रमुख कृष्ण वलीले जानकारी दिएका छन् ।

ती मध्ये सबैभन्दा धेरै जेष्ठ नागरीक रहेका छन् ।
जसमा सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको संख्या ५ हजार ४ सय ५२ रहेको शाखा प्रमुख वलीले बताएका छन् । यस्तैगरी दलित समुदायका ५ वर्ष मुनिका बालबालीका १ हजार ८ सय ६७ रहेका छन् । शाखा प्रमुख वलीका अनुसार ७० वर्ष मुनीका विधुवा महीला २ हजार ४ सय ३७ जना रहेका छन् । ७० वर्ष माथीका एकल महीलाको संख्या १ हजार ६ सय ३ रहेको भने लोपोन्मुख ११ जना रहेको शाखा प्रमुख वलीले जानकारी दिएका छन् ।


सामाजिक सुरक्षा भत्ता अन्र्तगत ७० वर्ष पुगेका जेष्ठ नागरीकले मासीक ३ हजार , लोपोन्मुख समुदायले मासीक तिन हजार,७० वर्ष मुनीका विधुवा महीलाले मासीक २ हजार , ७० वर्ष माथीका एकल महीलाले मासीक ३ हजार र ५ वर्ष मुनिका दलीत बालबालीकाले मासीक चार सय रुपैया लिने गरेका छन् ।


वडा नम्वर ४ मा सवैभन्दा धेरै
तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडा मध्ये सामाजिक सुरक्षा भत्ता अन्र्तगत ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक सवैभन्दा धेरै वडा नम्वर ७ मा रहेका छन् । उपमहानगरको १९ वटै वडा मध्ये वडा नम्वर ७ मा सवैभन्दा धेरै जेष्ठ नागरिक रहेको पन्जीकरण शाखाले जनाएको छ । वडा नम्वर ७ मा ५११ जना जेष्ठ नागरिले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।


यस्तैगरी वडा नम्वर १ का २१७, वडा नम्बर २ का १९५ , वडा नम्बर ३ का ३०२ , वडा नम्वर ४ का ३८६, वडा नम्बर ५ का २४४ , वडा नम्बर ६ का ३७९ , वडा नम्बर ८ का ३२५ , वडा नम्बर ९ का ४५ , वडा नम्बर १० का १९६ , वडा नम्बर ११ का ३६९ , वडा नम्बर १२ का ३४१ , वडा नम्बर १३ का २७१ , वडा नम्बर १४ का २३३ , वडा नम्बर १५ का २६६,वडा नम्वर १६ का ३१७, वडा नम्बर १७ का ३४६ , वडा नम्बर १८ का ३१८ र वडा नम्बर १९ का १९२ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस