चाडपर्वमा फजलु खर्च नगरौ : उपप्रमुख शर्मा

खबरशाला संवाददाता  |  कार्तिक १०, २०७७  |  १०६ पटक पढिएको


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माले चाडपर्वको समयमा फजुल खर्च रोक्नुपर्ने वताएकी छिन् । बडादशैको अवसर पारेर शुभकामना सन्देश जारी गर्दै उपप्रमुख शर्माले चाडपर्वको मौलिकतालाई सबैले जोगाएर राख्नुपर्ने उल्लेख गरेकी छिन् ।

‘रमाईलोको नाममा फजुल खर्च गर्ने र जुवातास समेत खेल्ने प्रवृत्ति रहेको छ यसलाई हामीले सुधार गर्नुपर्दछ’ शुभकामना सन्देशमा लेखिएको छ ।


कोरोनाको महामारी फैलिएको समयमा सबैले स्वास्थ्य नियमको पालना गरेर चाड मनाउनुपर्ने उनको भनाई रहेको छ । ‘बाँचियो भने जहिले पनि चाड मनाउन सकिन्छ यसपटक विशेष सचेत भएर मनाउनुपर्ने देखिएको छ ’ सन्देशमा लेखिएको छ । चाडपर्वका नाममा हुने विकृति विसंगति अन्त्यका लागि सबैले भुमिका खेल्नुपर्ने उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस