कोरोनाबाट सुरक्षा अपनाएर चाड मनाऔः नगरप्रमुख पाण्डे

खबरशाला संवाददाता  |  कार्तिक १०, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना महामारीको समयलाई मध्यनजर गरेर सुरक्षा अपनाएर मात्रै चाड मनाउन अनुरोध गरेका छन् । बडादशैको शुभकामना सन्देश जारी गर्दै नगरप्रमुख पाण्डेले कोरोना संक्रमणको जोखिम बढ्दै गएको उल्लेख गर्दै सबैलाई सचेत रहन आव्ह्वान गरेका हुन् ।

‘स्वास्थ्य नियमहरुको पालनामा ध्यान दिएर यसपटक दशै भिडभाडमा भन्दा पनि परिवारभित्र मात्रै मनाउनका लागि सबै नगरवासीहरुमा अनुरोध छ ।’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।


नेपाल बहुभाषिक, बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएको उल्लेख गर्दै हाम्रा मौलिक चाडपर्वहरुलाई सबैले जोगाएर राख्नुपर्ने उल्लेख गरिएको छ । साँस्कृतिक पर्वहरुलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजानुपर्ने नगरप्रमुख पाण्डेको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस