बाबुराम र हिसिलालाई कोरोना संक्रमण

खबरशाला संवाददाता  |  कार्तिक ०८, २०७७

तुलसीपुर । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

उनीसँगै नेतृ हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको डा. भट्टराईले बताएका छन्। उनले सामाजिक सन्जालमा संक्रमणबारे जानकारी दिँदै सम्पर्कमा आएका सबैलाई सतर्क रहन पनि अनुरोध गरेका छन्। 

‘हिसिला र म दुबैलाई कोरोनाको संक्रमण पुष्टी भएको छ’ उनले भनेका छन् ‘पछिल्ला दिनहरूमा हाम्रो निकट सम्पर्कमा रहनुभएका सबैले विशेष सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध छ।’

दुबैजना चिकित्कसको सल्लाह बमोजिम घरमै आइसोलेसन बसेको पनि उनले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस