कोरोना अस्पतालकाे व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी वलीमा कोरोना संक्रमण

खबरशाला संवाददाता  |  कार्तिक ०६, २०७७


तुलसीपुर । कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिएको स्वास्थ्यकर्मी द्रोण वलीलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ भएका विरामीहरुको रेखदेखका लागि व्यवस्थापकीय भुमिका निर्वाह गरिरहेका वलीलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

‘अन्ततः मलाई पनि कोरोना संक्रमणले छाडेन, सुख्खा खोकी र ज्वरोका कारण कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराइरहेको छु’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस